काठमाडौं। लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टार र लियो क्लब अफ काठमाडौं ब्राइट स्टारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्त संकलन तथा सुरक्षित रगत व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एन्ड रिसर्च सेन्टरको भूमिकाले यस्ता अभियानमा संस्थागत समन्वयको महत्त्वलाई थप स्पष्ट पारेको छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको कार्यक्रमले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र स्वैच्छिक रक्तदानको महत्त्वलाई उजागर गरेको छ।
क्लब अध्यक्ष लायन पबिता पौडेलको विशेष पहलमा नोभेम्बर ६, २०२६ शुक्रबारका दिन काठमाडौंको सोह्रखुट्टे चोकमा आयोजित उक्त कार्यक्रम लायन्स इन्टरनेसनल ३२५ एम, नेपालका क्याबिनेट कोषाध्यक्ष लायन माधव पाण्डेको प्रमुख आतिथ्यता तथा क्लटर चिफ लायन राम शरण ढकाल, रिजन चेयर पर्सन लायन उमा चिमौरीया, क्लब आई पि पि लायन सरोज कुमार ढकाल लगायत आगन्तुक रिजन चेयर पर्सन, जोन चेयर पर्सनको उल्यख्ये सहभागित रहेको थियो।
साथै, सामाजिक सेवाभावले ओतप्रोत समाजसेवी नीलकण्ठ पौडेल तथा निर्मला पौडेल “गोमा” (भोजकुमारी) ले कार्यक्रमको सुरुदेखि अन्त्यसम्म आर्थिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्नुभएको थियो। रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले आयोजित यस अभियानले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा संस्थागत सहकार्यको महत्त्वसमेत दर्शाएको छ।
कार्यक्रममा लायन्स तथा लियो सदस्यहरूको सहभागिताले सामाजिक सेवाप्रतिको सामूहिक प्रतिबद्धता र सहकार्यको भावना प्रतिबिम्बित गरेको थियो। लायन्स क्लबले मानवीय सेवा, स्वास्थ्य, शिक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका विभिन्न गतिविधिमध्ये रक्तदान कार्यक्रम पनि महत्त्वपूर्ण अभियानका रूपमा रहँदै आएको छ। यस्ता कार्यक्रमले समुदायमा सेवाभाव, सहयोग र सामाजिक एकताको संस्कृतिलाई प्रवर्द्धन गर्न योगदान पुर्याउँछन्।
रक्तदान गरी यस मानवीय अभियानमा अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण रक्तदाताहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। साथै, रक्तदान कसैलाई नयाँ जीवन दिने महान् मानवीय कार्य भएकाले स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न र अरूलाई समेत प्रेरित गर्न आग्रह गर्दै यस्ता जीवनदायी अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार