काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे, झापा र गोकर्ण डाँगी, दाङ्गलाई समितिले अनुमोदन गरेको घोषणा गरेका छन् ।
न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जना न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार