Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल


पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गरेका छन् ।

आईतवार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताएका छन् । उनले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गरेका छन् । उनले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताएका छन्।

उनले भने, ‘मुलुक बनाउने कुरा, जिल्ला बनाउने कुरा, बेथिति र विकृतिविरुद्ध लड्ने कुरामा हामीहरुको सामुहिक प्रयत्न र प्रयासबाट मात्रै ठिक ढंगको उपलब्धी प्राप्त हुन्छ भन्ने कुरा हामीले भुल्नु हुदैन । हामी छुटयौँ र फुट्यौँ तथा हिजोको जस्तै राजनीतिक कार्यशैलीमा गयौँ भने हामीलाई जनताले पाँच वर्षभन्दा बढी गरेर खान दिँदैनन् । यो कुरा पनि हामीले भुल्नु हुँदैन । जिल्लामा हामीले सांगठनिक हिसावले धेरै कामहरु गर्नुपर्नेछ । अहिले नागरिकले हामीलाई धेरै मत दिनुभएको छ । तर पनि हामीले उहाँहरुलाई सांगठनिक हिसावले एकतावद्ध गर्न सकिरहेका छैनौँ । यो घडिमा हामीले रास्वपाका सम्पूर्ण शुभचिन्तक, मतदाता सबैले यो पार्टीलाई बलियो बनाउनको लागि संगठन निर्माणमा पनि त्यतिकै ध्यान दिनुपर्ने आवश्यकता छ । हाम्रो अबको केही दिनमै सरकार बन्दैछ । सरकार बन्दैगर्दा देशभरका नागरिकहरुले यो सरकारले कसरी काम गर्छ ? मुलुक र जनताको जीवन कसरी परिवर्तन गर्छ भन्ने आकांक्षा मात्रै नभई कौतुहलताका साथ हेरिरहेका पनि छन् । अब बन्ने रास्वपा सरकारले नागरिक अपेक्षाअनुसार काम गर्नेछ भन्ने विश्वास छ ।’

उनले रास्वपा सरकारले नागरिकको अपेक्षाअनुरुप काम गर्ने दाबी पनि गरेका छन् ।


प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?