Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो


कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः चिसोबाट बच्न स्थानीय सरकारले चासो नदिएको गुनासो

जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ ।

तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त भएको छ । सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । साथै जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएको समाचार सार्वजनिक भएको थियो । कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर परेको छ । बिहानको समयमा बजार, स्कुल र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् । चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ । विभागले शतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ । जनकपुरवासीहरूले कुहिरोका कारण दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् ।

यो मौसमी प्रभाव तराईका अन्य शहरहरूमा पनि उस्तै देखिएको छ । मौसम सुधार नभएसम्म जनजीवनमा यस्तै असुविधा कायम रहने भएकाले शतर्कता अपनाउन आग्रह गरिएको छ । चिसोले बालबच्चालाई विद्यालय जान कठिन भएको छ भने सामान्य जनजीवन चलाउन समेत समस्या भएको छ । व्यापार व्यवसाय ठप्प छ । मानिसहरु चिसोले घरबाहीर निस्कन सकेका छैनन् । स्थानीयले केही समय सार्वजानिक विदा दिन समेत आग्रह गरेका छन् । चिसो बढेपछि स्थानियले सडक, चोकमा दाउरा बालेर आगो ताप्न थालेका छन् । चिसोबाट बच्न जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीय बासिन्दाले गुनासो छ । उनीहरुले चिसोबाट जोगिनको लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । चिसोबाट बच्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।


प्रकाशित मिति: १० पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?