Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो


कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः चिसोबाट बच्न स्थानीय सरकारले चासो नदिएको गुनासो

जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ ।

तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त भएको छ । सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । साथै जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएको समाचार सार्वजनिक भएको थियो । कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर परेको छ । बिहानको समयमा बजार, स्कुल र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् । चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ । विभागले शतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ । जनकपुरवासीहरूले कुहिरोका कारण दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् ।

यो मौसमी प्रभाव तराईका अन्य शहरहरूमा पनि उस्तै देखिएको छ । मौसम सुधार नभएसम्म जनजीवनमा यस्तै असुविधा कायम रहने भएकाले शतर्कता अपनाउन आग्रह गरिएको छ । चिसोले बालबच्चालाई विद्यालय जान कठिन भएको छ भने सामान्य जनजीवन चलाउन समेत समस्या भएको छ । व्यापार व्यवसाय ठप्प छ । मानिसहरु चिसोले घरबाहीर निस्कन सकेका छैनन् । स्थानीयले केही समय सार्वजानिक विदा दिन समेत आग्रह गरेका छन् । चिसो बढेपछि स्थानियले सडक, चोकमा दाउरा बालेर आगो ताप्न थालेका छन् । चिसोबाट बच्न जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीय बासिन्दाले गुनासो छ । उनीहरुले चिसोबाट जोगिनको लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । चिसोबाट बच्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।


प्रकाशित मिति: १० पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?