Trending
>>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी


काठमाडौं । उत्कृष्ट ब्याटिङ प्रेरणामा काठमान्डु गोर्खाजले लगातार चौथो जित रच्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफको बलियो दाबेदारी दिएको छ ।

कीर्तिपुरमा सोमबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि १० रनको जित निकाल्यो । काठमान्डुको जितमा साहान आराचिगेले अलराउन्ड प्रदर्शन गरे । पाँचौं खेलमा लगातार चौथो जित निकाल्दै काठमान्डु अंकतालिकाको शीर्ष स्थानमा उक्लियो । काठमान्डुले पाँच खेलबाट आठ अंक बटुल्यो । चितवनको भने पाँच खेलमा दोस्रो हार हो । लुम्बिनी लायन्ससँगको एक खेल वर्षाका कारण अंक बाँडेको चितवनले दुई खेल भने जित निकालेको थियो । चितवनको पाँच खेलबाट पाँच अंक छ । त्रिवि क्रिकेट स्टेडियममा काठमान्डुले १८१ रनको विशाल लक्ष्य बनायो । तर पूरै ओभर खेल्दै चितवनले ७ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो । रवि बोपराबाहेक कुनै पनि ब्याटरले ठुलो इनिङ खेल्न सकेनन् । बोपराले ५५ रनको अर्धशतकीय इनिङ खेले ।
३५ बलमा बोपराले दुई चौका र तीन छक्का हिर्काए । ओपनरद्वय अर्जुन साउदले २३ र कामिल मिसराले २८ रन जोड्दै राम्रो सुरुआत दिलाए । पावरप्लेमा चितवनले ४८ रन जोड्दा एक विकेट मात्र गुमायो । पावरप्लेकै अन्तिम बलमा चितवनले पहिले विकेट गुमाएको । सन्तोष यादवले ओपनर अर्जुनलाई बोल्ड गरे । दुई बलपछि नै चितवनले अर्का ओपनर कामिल मिसरालाई पनि गुमायो । आराचिगेको बलिङमा आदिल आलमले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच लिएपछि चितवनको दोस्रो विकेट पतन भएको हो । अर्जुनले २१ बदमा चार चौका हिर्काए । आक्रामक देखिएका कामिलले ११ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि बोपरा र डान माउस्लेले ५५ रनको सय रनको आँकडा पार गराए । १४औं ओभरमा आराचिगेले माउस्लेलाई २९ रनमा आउट गर्दै साझेदारी तोडे । माउस्लेले ३२ बलमा तीन चौका हिर्काए । त्यसपछि आएका सिकन्दर रजा २ रनमा र कुशल मल्ल १३ रनमै पभेलियन फर्किए । एक छेउबाट इनिङ समाल्दै आएका बोपारा पनि डेथ ओभरको दोस्रो बलमा आउट हुन पुगे । कप्तान करणले उनलाई भीम सार्कीबाट गराए । अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा दबाबमा परेका बोपराले ठुलो सट खेल्ने प्रयास गरे पनि सफल भएनन् । काठमान्डुको बलिङमा आराचिगेले दुई तथा कप्तान करण,सन्तोष यादव, गणेश गौतम र जाहानदाद खानले एक समान एक विकेट लिए ।

रासिद खानको अर्धशतकमा काठमान्डुले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रनको योगफल बनायो । टस हारपछि पहिले ब्याटिङ गर्ने निम्तो पाएको काठमान्डुको सुरुआत राम्रो हुन सकेन । तर रासिदको ५२ रनको अर्धशतकमा काठमान्डुले राम्रो योगफल बनाउन सफल भयो । मध्य क्रमका ब्याटर साहान आराचिगेले ३३ रन, विलियम बोसिस्टोले २७ र कप्तान करणले २० रनको योगदान दिए । रासिदले ३० बलमा दुई चौका र चार छक्का हिर्काए । आराचिगेले २० बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
रासिदले दोस्रो र तेस्रो विकेटका लागि दुई वटा महŒवपूर्ण अर्धशतकीय साझेदारीसँगै काठमान्डु राम्रो योगफलतर्पm अग्रसर भयो । रासिदले बोसिस्टोसँग ६२ रन र आराचिगेसँग ५३ रनको साझेदारी गरे ।

त्यसअघि दुवै ओपनर सस्तैमा आउट हुँदा काठमान्डुको सुरुआत राम्रो भएन । तेस्रो ओभरमै अस्ट्रेलियन ब्याटर डेविड वार्नर १ र साहिल पटेल ८ रनमै आउट हुन पुगे । मध्यम गतिका बलर रिजन ढकालले साहिल र कमलसिंह ऐरीले वार्नरलाई आउट गर्दै चितवनलाई राम्रो सुरुआत दिलाए । ३.५ ओभरमा काठमान्डु १३÷२ को अवस्थामा थियो । तर पावरप्लेमा काठमान्डुले ४२ रन जोड्दा दुई विकेट मात्र गुमायो । रासिदले एक छेउबाट आक्रामक सट खेल्दै इनिङ अगाडि बढाए । उनले कुशल मल्लको छैटौं र नवौं ओभरमा गरेर कुल ३९ रन जोडे । नवौं ओभरदेखि नै काठमान्डुले रनको गति बढायो । तर १५औं ओभरमा रिजनले साहान र १६औं ओभरमा सिकन्दरले रासिदलाई आउट गर्दै दबाब बढाउने प्रयास गरे ।

त्यसको दुई ओभरसम्म चितवनले दबाब बनायो । तर, काठमान्डुको कप्तान करणले १८औं ओभरमा तीन छक्का हिर्काउँदै रनको गति बढाए । करण ७ बलमा २० रन जोड्दै यसै ओभरमा एलबिडब्लु शिकार भए । चितवनले अतिरिक्त १६ रन दिँदा काठमान्डुलाई मद्दत पनि पुग्यो । चितवनले आठ बलर प्रयोग ग¥यो । तर रिजन र कमलले विकेट लिँदै किफायती बलिङ गरे । रिजनले तीन तथा कमल र कप्तान सिकन्दरले समान दुई विकेट लिए । डान माउस्लेको नाममा एक विकेट रह्यो । मंगलबार एक मात्र खेल सुदूरपश्चिम र जनकपुर बोल्ट्स बीच हुनेछ ।


प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?