Trending
>>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी


काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् ।

नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन् । उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरेका छन् । कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानूनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्दै उनले सामाजिक सञ्जालमा हुने प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । शर्माले काँग्रेसको विशेष महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भएको भन्दै पार्टीभित्रका निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न उनको आग्रह छ । उनले बदलिएको राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार काँग्रेसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् । पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा सञ्चालन गर्दै देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ छ ।

शर्माले भने , ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली काँग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ । पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औँ महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन् । अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ । अब काभ्रे काँग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ । अनुभवी नेतृत्व र युवा पुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ । हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ ।’

काभ्रेपलाञ्चोक काँग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै शर्माले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू गाउँ तथा समुदायसम्म पुग्नुपर्ने बताएका छन् । कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?