Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

युवाहरुले पनि सत्ताको नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव


जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् ।

समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताएका हुन् । उनले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनुपर्ने बताउदै उनले युवाहरुको सहभागिता बिना कुनैपनि आन्दोलन सम्भव नरहेको जिकिर गरेका छन्।
युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताउदै अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरुलाई मात्र युवा भन्न सकिने उनको भनाई थियो ।

उनले भने,‘हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन्, उनीहरुको सहभागिता बिना विश्वको कुनैपनि आन्दोलन सम्भव भएको छैन । उनीहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’

आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?