Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यकः बाबुराम भट्टराई


काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचान सहितको संघीयता आवश्यक भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको वागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताए । उनले भाषा र संस्कार सहितको संघीय शासन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने बताउंदै सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरुकै स्वायत्त शासन चलाउन दियो भने उनीहरुको पनि आत्मवल बढ्छ, सम्मान बढ्छ र उनीहरु आफ्नै भाषामा लेखपढ गर्दाखेरी मस्तिष्कको विकास हुन्छ । त्यसैले पहिचानसहितको संघीयता भनेको चाहीँ उनीहरुकै भाषामा पढाइ लेखाइ गर्नु, मातृभाषा स्कुलमा पनि पढ्न पायो भने उस्ले छिटो सिक्छ पनि उस्को मस्तिष्कको विकास पनि हुन्छ । त्यसैले ति ठाउँहरुमा स्वायत्त साशन दिनुपर्छ र उनीहरुलाई निश्चित अधिकार दिनुपर्छ ।’

अध्यक्ष भट्टराईले विदेशमा रहेका नेपालीलाई सोही स्थानबाट चुनावमा मतदान गर्ने व्यवस्था गर्न पार्टीले महत्वपूर्ण भुमिका खेल्ने बताउंदै बाध्यतावस विदेशमा गएका पचासौँ लाख नेपाली मतदानको अधिकारबाट वञ्चित रहेको र विदेशमा बस्ने नेपालीले मतदानमा सहभागी हुन पाउने अधिकारलाई पार्टीले मुख्य अधिकारका रुपमा प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

उनले भने, ‘विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट मतदानको व्यवस्था गर्ने । यो हामीले शुरुदेखि भनेका छौँ । पचासौँ लाख नेपाली विदेशमा छन् । उनीहरुले चुनावमा मत हाल्न पाउँदैनन् । त्यसले गर्दा नेगेटिभ भोट जस्तो मात्रै भाछ । हाम्रा युवाहरु जो बाध्यताबस विदेशमा जानुभएको छ, जहाँ हुनुहुन्छ त्यही देशबाट मतदान गर्ने अधिकार दिनुपर्छ यो महत्वपूर्ण अधिकार हो, अधिकार अरु पनि छन् तर मुख्य अधिकार यो हो । यसबारेमा हामीले शुरुदेखि प्रतिवद्धता गरेका छौँ ।’

अध्यक्ष भट्टराईले आफ्नो पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?