Trending
>>   ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास >>   शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित >>   सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय >>   दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु >>   गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु >>   विचौलियाको मारमा चाकु व्यवसायी, सरकारले गर्दैन सहयोग >>   न्यायालयलाई सम्मान गर्छु – रवि लामिछाने >>   हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे >>   अमेरिकी डलर र युरो स्थिर ,हेर्नुहोस अन्य मुद्राको अवस्था यस्तो छ
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

खेलकुद


नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ । नेपाल पहिलो जितको खोजीमा छ ।

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो

नामिबियाले जितका लागि नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ । त्यस्तै, कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो ।

नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हार्‍यो

काठमाडौं। त्रिदेशीय ट्वान्टी २० शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेल्न लागेका हुन् । यसअघि भएको

नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं। टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । सो लिग २ का दुवै खेलमा

पाकिस्तान सुपर लिगः इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी

काठमाडौं। पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ । लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो । त्यसैगरी, पेशवारले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा इस्लामावादले ९ विकेट गुमाएर १९३ रनमा रोकियो ।

महिला प्रिमियर लिगः दिल्ली क्यापिटल्सको शानदार जित

काठमाडौं। महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसलाई ९ विकेटले पराजित गरेको हो । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको युपीको टोलीले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो भने दिल्ली क्यापिटल्सले १२० रनको लक्ष्य १ विकेटको

ग्रेडिङमा हेरफेरसँगै बढ्यो क्रिकेट खेलाडीको तलब

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो । उक्त क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ भने पुरुषतर्फ १८ जना सम्झौतामा

फुटबलको विकासको लागि बहस आवश्यक छ : सदस्य सचिव घिसिङ

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत

एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टोलीवीच मैत्रिपूर्ण फुटबल आयोजना गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनुभयो ।

सम्वन्धित समाचारहरु