Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

स्ट्याग ग्लोवल टेबलटेनिसको तीन पक्षसँग सहकार्य


काठमाडौं । स्ट्याग ग्लोवल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ ले सहप्रायोजनका लागि शनिवार तीन पक्षसँग सम्झौता गरेको छ ।
यस प्रतियोगिता नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ प्रवन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रालिको आयोजनामा हुन लागेको हो । आगामी असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । सोही प्रतियोगिताका लागि शनिबार आयोजक एकेडेमी र तीन पक्षबीच सम्झौता भयो । शनिवार आयोजित एक कार्यक्रमबीच एकेडेमीकी प्रवन्ध निर्देशक नविताले समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक नीरज जोशी र नेपाली घर होटल प्राली ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठसँग सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन् ।

सम्झौताअनुसार उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत तीन लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउनेछन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने र आतिथ्य सोझेदार नेपाली घरले गर्ने सम्झौतामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन नेपाली घरले गर्ने भएको छ । आयोजकका अनुसार मुख्य प्रायोजक तथा इक्विपमेन्ट पार्टनर स्ट्याग ग्लोबल प्राली भारत हो । स्ट्यागले टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स र अफिसियल किटलगायत प्रदान गर्ने भएको छ ।

यस प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग गरी कुल सात टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसै प्रतियोगिताका लागि पुलिस, एपिएफ र स्ट्यागले समान एक पुरुष÷महिला खेलाडी पनि अनुबन्ध गरेको पत्रकार सम्मेलन जानकारी दिइएको थियो । राउन्ड रोविन लिगका आधारमा पहिलो चरण हुनेछ ।

लिगमा शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलका विजेताबीच उपाधि भिड्ने हुनेछ । एक टोलीले समान दुई पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच खेल खेल्नुपर्नेछ । विजेताले दुई लाख, उपविजेताले लाख रुपैयाँ र सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यस प्रतियोगितामा संघको प्राविधिक सहयोग गर्ने बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?