Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

स्ट्याग ग्लोवल टेबलटेनिसको तीन पक्षसँग सहकार्य


काठमाडौं । स्ट्याग ग्लोवल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ ले सहप्रायोजनका लागि शनिवार तीन पक्षसँग सम्झौता गरेको छ ।
यस प्रतियोगिता नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ प्रवन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रालिको आयोजनामा हुन लागेको हो । आगामी असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । सोही प्रतियोगिताका लागि शनिबार आयोजक एकेडेमी र तीन पक्षबीच सम्झौता भयो । शनिवार आयोजित एक कार्यक्रमबीच एकेडेमीकी प्रवन्ध निर्देशक नविताले समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक नीरज जोशी र नेपाली घर होटल प्राली ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठसँग सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन् ।

सम्झौताअनुसार उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत तीन लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउनेछन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने र आतिथ्य सोझेदार नेपाली घरले गर्ने सम्झौतामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन नेपाली घरले गर्ने भएको छ । आयोजकका अनुसार मुख्य प्रायोजक तथा इक्विपमेन्ट पार्टनर स्ट्याग ग्लोबल प्राली भारत हो । स्ट्यागले टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स र अफिसियल किटलगायत प्रदान गर्ने भएको छ ।

यस प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग गरी कुल सात टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसै प्रतियोगिताका लागि पुलिस, एपिएफ र स्ट्यागले समान एक पुरुष÷महिला खेलाडी पनि अनुबन्ध गरेको पत्रकार सम्मेलन जानकारी दिइएको थियो । राउन्ड रोविन लिगका आधारमा पहिलो चरण हुनेछ ।

लिगमा शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलका विजेताबीच उपाधि भिड्ने हुनेछ । एक टोलीले समान दुई पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच खेल खेल्नुपर्नेछ । विजेताले दुई लाख, उपविजेताले लाख रुपैयाँ र सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यस प्रतियोगितामा संघको प्राविधिक सहयोग गर्ने बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?