Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पलेशासहित पाराका खेलाडी र प्रशिक्षक सम्मानित


काठमाडौं। ऐतिहासिक पदक पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो र पौडीको खेलाडीसहित प्रशिक्षक सम्मानित भएका हुन् । उनीहरूलाई यसअघि नै एनसेएलले नगद पुरस्कारसहित सम्मान गरेको हो । एनसेल पलेशालाई १० लाख, उनका प्रशिक्षक लामालाई तीन लाख र पेरिस पारालिम्पियन तेक्वान्दोकै भरतसिंह महतालाई एक लाख रुपैयाँ प्रदान गर्यो  । पौडीका पारा खेलाडी भीमबहादुर कुमाल र उनका प्रशिक्षक विजेनमान श्रेष्ठ पनि एक लाख रुपैयाँसहित सम्मानित भए ।

सोही अवसरमा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले यस अघिका विभिन्न समयका पारालिम्पियनलाई पनि सम्मान गरेको थियो । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सदस्यसचिव टंकलाल घिसिङ र राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेलगायतले  सम्मान गरेका हुन् ।  सो अवसरमा पलेशाले पारालिम्पिकमा पदकसँगै पारा खेलाडीप्रति सबैको ध्यान गइरहेको र नीजि क्षेत्रले सहयोग गरे सफलता सम्भव हुने बताउनु भयो । साथै हाँनले आफूमाथि विश्वास राखे मात्र सफलता प्राप्त हुने भएकाले सोही लक्ष्य राख्न अनुरोध गरेका छन् ।

खेलकुदमन्त्री चौधरीले जापानमा हुने एशियन गेम्स र अमेरिकामा हुने आगामी पारालिम्पिकलाई लक्षित गरेर अहिले देखि नै तयारी गरे ऐतिहासिक सफलता सम्भव रहेको बताउनु भयो । उहाँले सबै खेल संघहरू विद्यमान ऐनअनुरूप चल्न आग्रह समेत गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सबै खेलकुद संघले पारा खेलकुदबारे नीति निर्माण र योजना बनाएर अगाडि बढ्न आग्रह गर्दै उनले पारा खेलकुदमा रहेको दुई समानान्तर पारा खेलकुद संघलाई मिलेर काम गर्दै एक हुन आवश्यक रहेको बताए ।

उनले परिषद्को आगामी ११८औं बोर्ड बैठकअगाडि नै दुई संघबीचको विवाद समाधान गर्ने विश्वास व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?