Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पलेशासहित पाराका खेलाडी र प्रशिक्षक सम्मानित


काठमाडौं। ऐतिहासिक पदक पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो र पौडीको खेलाडीसहित प्रशिक्षक सम्मानित भएका हुन् । उनीहरूलाई यसअघि नै एनसेएलले नगद पुरस्कारसहित सम्मान गरेको हो । एनसेल पलेशालाई १० लाख, उनका प्रशिक्षक लामालाई तीन लाख र पेरिस पारालिम्पियन तेक्वान्दोकै भरतसिंह महतालाई एक लाख रुपैयाँ प्रदान गर्यो  । पौडीका पारा खेलाडी भीमबहादुर कुमाल र उनका प्रशिक्षक विजेनमान श्रेष्ठ पनि एक लाख रुपैयाँसहित सम्मानित भए ।

सोही अवसरमा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले यस अघिका विभिन्न समयका पारालिम्पियनलाई पनि सम्मान गरेको थियो । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सदस्यसचिव टंकलाल घिसिङ र राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेलगायतले  सम्मान गरेका हुन् ।  सो अवसरमा पलेशाले पारालिम्पिकमा पदकसँगै पारा खेलाडीप्रति सबैको ध्यान गइरहेको र नीजि क्षेत्रले सहयोग गरे सफलता सम्भव हुने बताउनु भयो । साथै हाँनले आफूमाथि विश्वास राखे मात्र सफलता प्राप्त हुने भएकाले सोही लक्ष्य राख्न अनुरोध गरेका छन् ।

खेलकुदमन्त्री चौधरीले जापानमा हुने एशियन गेम्स र अमेरिकामा हुने आगामी पारालिम्पिकलाई लक्षित गरेर अहिले देखि नै तयारी गरे ऐतिहासिक सफलता सम्भव रहेको बताउनु भयो । उहाँले सबै खेल संघहरू विद्यमान ऐनअनुरूप चल्न आग्रह समेत गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सबै खेलकुद संघले पारा खेलकुदबारे नीति निर्माण र योजना बनाएर अगाडि बढ्न आग्रह गर्दै उनले पारा खेलकुदमा रहेको दुई समानान्तर पारा खेलकुद संघलाई मिलेर काम गर्दै एक हुन आवश्यक रहेको बताए ।

उनले परिषद्को आगामी ११८औं बोर्ड बैठकअगाडि नै दुई संघबीचको विवाद समाधान गर्ने विश्वास व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?