Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला लिगमा पुलिस र संकटा विजयी


काठमाडौं। नाइजेरियन स्ट्राइकर टेमिलोप जेनिफरको चार गोल प्रेरणामा संकटा क्लवले शनिवार जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरणको यात्रा कायमै राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जितसँगै शिर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कायमै राखेको हो । दशरथ रंगशालामै शनिवार भएको दोस्रो खेलमा सम्झना लावतीको गोलमा नेपाल पुलिस क्लवले पनि वालिङ नगरपालिकामाथि २–० को जित निकाल्यो । जितसँगै पुलिस सात खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । समान खेलबाट वालिङ १२ अंकसहित चौथो स्थानमै छ । यो हारपछि वालिङले शीर्ष पाँचका लागि अंकदूरी बढाउने अवसर गुमायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफमा भने पुलिसले दुई गोल गर्यो । ६७औं मिनेटमा पुलिस अग्रता बनाउन सफल भयो । निरु थापाको क्रसमा सम्झनाले दुई डिफेन्डरलाई छक्याउँदै गरेको ओभर हेड प्रहार वालिङकी गोलकिपर राधिका ओलीले भेट्टाउन सकिनन् । विदेशी खेलाडीको राम्रो साथ पाएको वालिङ खेलमा फर्कन संघर्ष गरिरहेको थियो । तर, इन्जुरी समयमा उल्टै गोल सामना गर्यो । निर्मल उपाध्यायले लेफ्ट साइडबाट गरेको क्रस बललाई वालिङका डिफेन्डरले क्लियर गर्न सकेनन् ।

उक्त बल नियन्त्रण लिँदै सम्झनाले गोल गरिन् । यससँगै पुलिसले बलियो टोली वालिङमाथि २–० को महत्वपूर्ण जित रच्यो । त्यसअघि संकटा जितसँगै सात खेलबाट आठ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानको कोशीभन्दा संकटा दुई अंकले पछि छ । कोशीले पनि सात खेलबाट १० अंक जोडेको छ । सातै खेलमा पराजित सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । संकटाको जितमा जेनिफरले ह्याट्रिकसहित चार गोल पूरा गरिन् । ममता पुन र पूर्णीमा हमालले समान एक गोल थपिन् । खेलको चौथो मिनेटमै जेनिफरको गोलमार्पmत संकटाले अग्रता लिएको हो ।

मनीषा थापामगरले राइट साइडबाट दिएको बललाई जेनिफरले हेड गर्दै जाली चुमाएकी हुन् । १२औं मिनेटमा जेनिफरले नै व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाइन् । सुदूरपश्चिमका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदैै संकटाले दोस्रो गोल गरेको हो । ममता पुनले सुदूरपश्चिमका डिफेन्डरबाट बल खोस्दै मनिता तामाङलाई दिइन् । लगत्तै मनिताले दिएको लामो पास सदुपयोग गर्दै जेनिफरले दुई डिफेन्डरबीच गोल गरेकी हुन् ।

यससँगै पहिलो हाफमा संकटा २–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा भने संकटाले चार गोल थप्यो । ५२औं मिनेटमै जेनिफरले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यसपल्ट पनि जेनिफरले मनीषा थापामगरको थ्रु पासमा गोल गरेकी हुन् । ८४औं मिनेटमा ममताले गोल गर्दै संकटालाई ४–० ले अगाडि बढाइन् । फेरि मनीषाकै उत्कृष्ट ओभर हेड पासमा गोल सम्भव भएको हो । तीन मिनेटपछि पूर्र्णीमाले गोल गर्दै संकटालाई फराकिलो जिततर्पm अग्रसर गराइन् । पुनम चेम्जोङको कट ब्याक पास सदुपयोग गर्दै पूर्णीमाले नजिकै दूरीबाट गोल गरेकी हुन् ।

इन्जुरी समयमा पेनाल्टीमार्फत संकटाले छैटौं गोल गर्दै सुदूरपश्चिमको पोस्टमा आधादर्जन गोल वर्षायो । सुदूरपश्चिमका डिफेन्डरले जेनिफरलाई पेनाल्टीबक्समा लडाएपछि संकटाले अग्रता बढाउने अवसर पायो । उक्त अवसरमा जेनिफरले गोल गर्र्दैै व्यक्तिगत गोलसंख्या चार पुर्याइन् ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?