Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

महिला फुटबल लिगः वागमतीमाथि वालिङको फराकिलो जित


काठमाडौं । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ ।

लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्वपूर्ण तीन अंक पनि प्राप्त गर्यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगै ६ खेलबाट १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ ।

यता शिर्ष पाँचकै दाबेदार वागमती भने समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ । वालिङको जितमा सिसी र ज्याकलिनले समान दुई गोल गरे । वालिङले दुवै हाफमा समान दुई गोल गरेको हो । खेलको २२ औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । एनटोङ्गोले फ्रिकिक प्रहारमा भएको असफलतालाई सदुपयोग गरेकी हुन् । उनले करिव १८ यार्डबाट गरेको फ्रिकिक वागमतीका खेलाडीको बारमा ठोक्किँदै फर्कियो ।

लगत्तै उनको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । ४१ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । एनटोङ्गोकै गोलबाट वालिङले अग्रता दोब्बर बनाएको हो । सुक्रिया मियाले गरेको प्रहार पहिलो बारमा लागेर फर्कियो । लगत्तै बागमतीका खेलाडी क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै एनटोङ्गोले फेरि लेफ्ट फुटेट सट गोलमा परिणत भएको हो । यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । वालिङले दोस्रो हाफमा गोल थप्यो । वालिङले ५४ औं मिनेटमा तेस्रो गोल गर्यो  ।

यसपल्ट पनि बागमतीको फितलो डिफेन्सको फाइदा लिँदै वालिङले गोल गरेको हो । एनटोङ्गो राइट साइडबाट गरेको फ्रिकिक प्रहार बागमतीको डिफेन्डरले फितलो क्लियर गर्दा नसालीले गोल गरेकी हुन् । ८३ औं वालिङले चौथो गोल गर्यो  । नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाएकी हुन् । सुस्मा तामाङका प्रहार वागतमीकी गोलकिपर सुजता तामाङले सुरुआतमा रोकिन् । तर, सोही बल रिबाउन्ड हुँदा सुस्माले अनमार्क नसालीलाई पास दिइन् । उक्त अवसरमा नसालीले खाली पोस्ट गोल गरेकी हुन् ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?