Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

महिला फुटबल लिगः वागमतीमाथि वालिङको फराकिलो जित


काठमाडौं । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ ।

लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्वपूर्ण तीन अंक पनि प्राप्त गर्यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगै ६ खेलबाट १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ ।

यता शिर्ष पाँचकै दाबेदार वागमती भने समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ । वालिङको जितमा सिसी र ज्याकलिनले समान दुई गोल गरे । वालिङले दुवै हाफमा समान दुई गोल गरेको हो । खेलको २२ औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । एनटोङ्गोले फ्रिकिक प्रहारमा भएको असफलतालाई सदुपयोग गरेकी हुन् । उनले करिव १८ यार्डबाट गरेको फ्रिकिक वागमतीका खेलाडीको बारमा ठोक्किँदै फर्कियो ।

लगत्तै उनको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । ४१ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । एनटोङ्गोकै गोलबाट वालिङले अग्रता दोब्बर बनाएको हो । सुक्रिया मियाले गरेको प्रहार पहिलो बारमा लागेर फर्कियो । लगत्तै बागमतीका खेलाडी क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै एनटोङ्गोले फेरि लेफ्ट फुटेट सट गोलमा परिणत भएको हो । यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । वालिङले दोस्रो हाफमा गोल थप्यो । वालिङले ५४ औं मिनेटमा तेस्रो गोल गर्यो  ।

यसपल्ट पनि बागमतीको फितलो डिफेन्सको फाइदा लिँदै वालिङले गोल गरेको हो । एनटोङ्गो राइट साइडबाट गरेको फ्रिकिक प्रहार बागमतीको डिफेन्डरले फितलो क्लियर गर्दा नसालीले गोल गरेकी हुन् । ८३ औं वालिङले चौथो गोल गर्यो  । नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाएकी हुन् । सुस्मा तामाङका प्रहार वागतमीकी गोलकिपर सुजता तामाङले सुरुआतमा रोकिन् । तर, सोही बल रिबाउन्ड हुँदा सुस्माले अनमार्क नसालीलाई पास दिइन् । उक्त अवसरमा नसालीले खाली पोस्ट गोल गरेकी हुन् ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?