Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ : मुख्यमन्त्री लामा


हेटौँडा। वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन्  ।

हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त गरेका हुन्  । सो अवसरमा मुख्यमन्त्री लामाले राष्ट्रको पहिचान गराउने सबैभन्दा ठूलो माध्यम खेलकुद भएपनि राज्य आवश्यक लगानी गर्न नसकेको बताए ।  तर आफ्नो सरकारले खेलकुद क्षेत्रमा लगानी र प्रोत्साहन गर्ने आश्वासन दिदै मुख्यमन्त्री लामाले अहिले केही प्रक्रिया निमिल्ने भएकाले खेलाडीलाई नगद दिन नसके पनि तीन महिनाभित्र खेलाडीले पुरस्कार रकम पाउने घोषणा गरेका छन्  ।

कार्यक्रममा पलेशाले शुरुवाती चरणमा सहयोग नहुँदा यो पदक ल्याउन धेरै कठिन भएपनि अहिले देशभर पारा तेक्वान्दोसँगै पारा खेलकुदका बारे सबैलाई थाहा भएको बताउदै आउने दिनमा सबैको साथ सहयोग भए पाराले मात्र नभए सबैले नेपालका लागि इतिहास बनाउन सक्ने विश्वास व्यक्त गरिन् । उनले सबैले आफूमा विश्वास राखे नयाँ उदाहरण कायम गर्नसक्ने उल्लेख गरेकी छिन्  ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?