Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ : मुख्यमन्त्री लामा


हेटौँडा। वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन्  ।

हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त गरेका हुन्  । सो अवसरमा मुख्यमन्त्री लामाले राष्ट्रको पहिचान गराउने सबैभन्दा ठूलो माध्यम खेलकुद भएपनि राज्य आवश्यक लगानी गर्न नसकेको बताए ।  तर आफ्नो सरकारले खेलकुद क्षेत्रमा लगानी र प्रोत्साहन गर्ने आश्वासन दिदै मुख्यमन्त्री लामाले अहिले केही प्रक्रिया निमिल्ने भएकाले खेलाडीलाई नगद दिन नसके पनि तीन महिनाभित्र खेलाडीले पुरस्कार रकम पाउने घोषणा गरेका छन्  ।

कार्यक्रममा पलेशाले शुरुवाती चरणमा सहयोग नहुँदा यो पदक ल्याउन धेरै कठिन भएपनि अहिले देशभर पारा तेक्वान्दोसँगै पारा खेलकुदका बारे सबैलाई थाहा भएको बताउदै आउने दिनमा सबैको साथ सहयोग भए पाराले मात्र नभए सबैले नेपालका लागि इतिहास बनाउन सक्ने विश्वास व्यक्त गरिन् । उनले सबैले आफूमा विश्वास राखे नयाँ उदाहरण कायम गर्नसक्ने उल्लेख गरेकी छिन्  ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?