Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती


काठमाडौं। सन् २००७ देखि शुरुवात भएको काठमाडौं म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ ।

काठमाडौं म्याराथन आयोजकले शनिबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको बारेमा जानकारी दिएको हो । यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौं म्याराथनमा चुनौती प्रश्तुत गर्ने काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । म्याराथनमा एक सय ७० धावकले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनमा भने पाँच सय ५० ले धावकले चुनौती प्रश्तुत गर्ने अहिलेसम्म टुङ्गो लागेको छ ।

त्यस्तै सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने आयोजकले जनाएको छ ।
यो प्रविधिको प्रयोगले धावकलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्ने विश्वास छ ।

दौडमा चार सयभन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?