Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती


काठमाडौं। सन् २००७ देखि शुरुवात भएको काठमाडौं म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ ।

काठमाडौं म्याराथन आयोजकले शनिबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको बारेमा जानकारी दिएको हो । यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौं म्याराथनमा चुनौती प्रश्तुत गर्ने काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । म्याराथनमा एक सय ७० धावकले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनमा भने पाँच सय ५० ले धावकले चुनौती प्रश्तुत गर्ने अहिलेसम्म टुङ्गो लागेको छ ।

त्यस्तै सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने आयोजकले जनाएको छ ।
यो प्रविधिको प्रयोगले धावकलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्ने विश्वास छ ।

दौडमा चार सयभन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?