Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

१२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने


काठमाडौं । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आएको छ । बुधवार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला÷पुरुष) र विभिन्न उमेरसमूह (महिला÷पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिष्पर्धा हुनेछन् ।

संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको विश्वास लिएको छ । यस प्रतियोगिता मार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँच लगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ ।

एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।

नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने शुरुवात गरिने भएको छ । यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए । संघका अध्यक्षले पदाधिकारीबीच भएको आन्तरिक समस्याले खेलाडीको प्रतियोगितामा कुनैपनि समस्या नहुने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?