Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पलेशा र एरिकालाई वागमती सरकारको सम्मान


काठमाडौं । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ ।

एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी माता रत्ना गुरुङले सम्मान ग्रहण गरेकी छिन । यसैगरी उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो । कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?