Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

विभागीय टोलीद्वारा विपक्षीमाथि गोलको वर्षा


काठमाडौं । विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफले शुक्रवार एन्फा महिला फुटबल लिगमा विपक्षी टोलीमाथि हाबी हुंदै गोल वर्षा गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० र दोस्रो खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को गोल वर्षा गरेको हो । त्रिभुवन आर्मीले जितसँगै सात खेलबाट १६ अंक जोडेको छ । यो जितपछि आर्मी दोस्रो स्थानमा यथावत छ । पराजित चन्द्रपुर समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ । यो हारपछि चन्द्रपुरलाई लिगको शिर्ष पांचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कठिन भएको छ । आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्की दुवैसे ह्याट्रिक पूरा गरे । यसैगरी हिमा चौधरी, दीपा शाही, अञ्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल थपे । त्यस्तै  रश्मिकुमारी घिसिङ एक्लैले पाँच गोल गरेपछि एपिएफले शुक्रबार एन्फा महिला लिगमा फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा एपिएफले कोसीमाथि ८–० को गोलवर्षा गरेको हो । यससँगै लिगको शीर्ष स्थानमा रहेको एपिएफले आफ्नो अपराजित यात्रा सातौं खेलसम्म कायम राखेको छ । एपिएफले सात खेलबाट १९ अंक जोडेको छ । यो नतिजापछि एपिएफले शीर्षमा स्थानमा रहेर सुपर लिग खेल्ने पक्का गरिसकेको छ । कोसीको भने यो हारपछि शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ । समान खेलबाट कोशी १० अंक साथ पाँचौं स्थानमा छ । समालिन नसक्दा कोसीले शीर्ष पाँचका लागि दाबेदारी बलियो बनाउने अवसर गुमाएको हो ।

एपिएफ कोशीविरुद्ध पूर्ण हाबी भयो । एपिएफकी रश्मिकुमारीले पाँच गोल गर्दा अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे । एपिएफले खेलको पाँचौं मिनेटमै अनिता केसीको गोलबाट अग्रता लियो । लामो पास नियन्त्रणमा लिँदै रश्मिकुमारीले पेनाल्टी बक्सको राइट साइडबाट उपलब्ध गराएको बललाई अनिताले वन टच गोल गरिन् । १९औं मिनेटमा अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन् । उनले करिव २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार कोशीकी गोलकिपर सुशीलाकुमारी चौधरीले भेट्टाउन नै सकिनन् । तर यसपछि पहिलो हाफमा थप थोल हुन सकेन ।

एपिएफ २–० ले अगाडि रह्यो । तर दोस्रो हाफमा भने कोसी समालिन नै सकेन । यस क्रममा एपिएफले ६ गोल गर्यो । ५६औं मिनेटमा रश्मिकुमारीले गोलको खाता खोलिन् । अनिता बस्नेतले राइट साइडबाट दिएको क्रस बललाई उनले हेडरमार्फत जाली चुमाएकी हुन् । यसपछि करिब २५ मिनेटसम्म कोसीले रोक्यो । तर अन्तिम १० मिनेट भने कोसी समालिएन । यस क्रममा कोसीले पाँच गो सामना । ८०औं मिनेटमा कोशीकी नेहाकुमारी चौधरीले एपिएफकी सविता रानामगरलाई लडाएपछि रातो कार्ड सामना गर्दै बाहिरिन् । त्यसपछि कोशीले एकपछि अर्को गोल व्यहोर्यो ।

८१ औं मिनेटमा मिनेटमा पनि अनिता बस्नेतले अर्को उत्कृष्ट फ्रिकिकमार्फत  गोल गरिन् । करिव २२ यार्डबाट अनिताले गरेको फ्रिकिक माथिल्लो बारमा ठोकिएर गोल हुन पुग्यो । एक मिनेट नबित्दै रश्मिकुमारीले गोल गर्दै एपिएफको अग्रता ५–० ले अगाडि बढाइन् । अनिता बस्नेतकै कट ब्याक पासलाई उनले वान टचमार्फत  गोल गरेकी हुन् । ८५ औं मिनेटमा रश्मिकुमारीले ह्याट्रिक पूरा गरिन् । सरु लिम्बुको थ्रु पासमा उनले कोसीकी गोलकिपर सुशीलाकुमारीसँग वान भर्सेस वानमा गोल गरेकी हुन् । रश्मिकुमारीको लय त्यतिमा सीमित रहेन ।

तीन मिनेटपछि नै रश्मिकुमारीले व्यक्तिगत चौथो गोल गरिन् । फेरि अनिता बस्नेतकै कट ब्याक पासमा रश्मिकुमारीले पेनाल्टी बक्सबाट सहज गोल गरेकी हुन् । ८९ औं मिनेटमा रश्मिकुमारीले पाँचौं गोल पूरा गरेपछि एपिएफ ८–० ले अगाडि रह्यो । अनिता केसीको थ्रु पास सदुपयोग गर्दै रश्मिकुमारीले व्यक्तिगत पाँच गोल गरेकी हुन् । यससँगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् । रश्मिकुमारीको सात खेलबाट ९ गोल पूरा गर्दा दोस्रो स्थानकी वालिङकी ज्याकलिन नसालीले पाँच खेललबाट सात गोल गरेकी छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?