Trending
>>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या !


काठमाडौँ। के तपाइँ पनि शौचालय वा बाथरुममा बस्दा मोबाइल चलाउने, सामाजिक सञ्जाल हेर्ने वा भिडियो स्क्रोल गर्दै लामो समय बिताउने गर्नुहुन्छ ? यदि यस्तो बानी छ भने आजैदेखि सतर्क हुनुहोस्। सामान्य लाग्ने यो बानीले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ।

विशेषज्ञहरूका अनुसार शौचालयमा आवश्यकताभन्दा बढी समय बिताउँदा मलद्वार वरिपरिका रक्तनलीमा दबाब पर्न सक्छ। विशेषगरी लामो समयसम्म कमोडमा बसेर मोबाइल चलाउने र दिसा गर्न अनावश्यक बल लगाउने बानीले बवासीर (पाइल्स) तथा मलद्वारसम्बन्धी अन्य समस्या बढाउन सक्छ। त्यस्तै, मोबाइलमा व्यस्त हुँदा दिसा गर्ने प्राकृतिक प्रक्रियामा ध्यान नपुग्न सक्छ। यसले शौचालयमा बस्ने समय अनावश्यक रूपमा लम्ब्याउँछ। लामो समय एउटै अवस्थामा बस्दा खुट्टा झमझमाउने, सुन्निने तथा असहज महसुस हुने समस्या पनि हुन सक्छ।

यससम्बन्धमा सन् २०२५ मा प्लोस वान नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले पनि मोबाइल प्रयोग र बवासीरको जोखिमबीच सम्बन्ध देखाएको छ। अध्ययनमा सहभागीमध्ये मोबाइल प्रयोग गर्नेहरूमा बवासीर देखिने सम्भावना ४६ प्रतिशत बढी पाइएको थियो। यद्यपि यो अध्ययनले प्रत्यक्ष कारण प्रमाणित गरेको भने होइन।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?