Trending
>>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने


काठमाडौँ।नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ कारण आफ्नो टोली पछि परिरहेका बताएका छन् ।

पोखरा एभेन्जर्समाथि जितपछि पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो टोलीले राम्रो खेलिरहे पनि फिल्डिङ चुकिरहेको बताएका हुन् । तर आफ्ना खेलाडीले उत्कृष्ट इफोर्ट भने लगाएको उनको विश्वास छ । विराटनगरकै खेलमा भिजेको मैदानका कारण पनि समस्या भएको सन्दीपले उल्लेख गरे । तर यही बाहना गर्न नहुने र टोलीले सुधार गर्नुपर्ने उनको भनाइ छ ।

उनले आगामी अन्तिम खेलमा राम्रो खेल्दै प्लेअफमा पुग्ने विश्वास पनि व्यक्त गरे । पोखरासँगको पनि खेलमा हारको संघारमा पुगिसकेको अवस्थामा इसुरु उडनाले उत्कृष्ट ब्याटिङ गरेको उनको भनाइ छ । आन्द्रे रसेल जस्ता खेलाडीलाई टोलीले अभाव महशुस गरे पनि उडनाले उनको स्थानमा राम्रो खेलेको उनी बताउँछन् ।

यसअघिको खेलमा विकेट नआएको उल्लेख गर्दै सन्दीपले आफ्नो क्षमतामा भने विश्वास रहेको बताए । यसअघिको खेलमा पनि राम्रो बलिङ गरेको उनी बताउँछन् । तर त्यो खेलमा विकेट भने आउने नसकेको उनले उल्लेख गरे ।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?