Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पेट्रोल,डिजेल र ग्यासको मूल्य घट्यो,हेर्नुहोस् नयाँ मूल्यसूची


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेर आएपछि निगमले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार १४.२ केजी एलपी ग्यासको मूल्य अब २,०६० रुपैयाँ कायम भएको छ। साथै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १,५६६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।

निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

 


प्रकाशित मिति: १७ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?