Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन


गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन

काठमाडौँ। स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ ।

संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर ! पीडितलाई न्याय देउ !, बलात्कारीलाई फाँसी दे !, चाहिदैन ठुला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्लि बनाइदेउ सरकार !, न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुनुपर्ने हो ? लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो । साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?