Trending
>>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


काठमाडौं ।नेपाल राष्ट्र बैंकले वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्न लगेको छ ।

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि एकैपटक अर्बौँ रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २८ दिने निक्षेप संकलन उपकरणको आउँदो पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि मंसिर १ मा पनि राष्ट्र बैंकले २ सय अर्ब निक्षेप खिचेको थियो ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?