Trending
>>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन् ।

जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरेका छन् । उनले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताएका छन् । आगामी चैत/वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उनको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताएका छन् । विवाहपञ्चमी महोत्सवलाई प्रवद्र्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिएका छन् । पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रश्ताव तयार पार्न आग्रह रेका छन् ।

उनले भने, ‘समितिको खातामा आवश्यक बजेट उपलब्ध गराउने र पर्यटन बोर्डमार्फत पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरियो। आवश्यक कामको विवरण र बजेट योजना तयार गरी प्राविधिक टोलीसँग छलफल गर्ने सहमति भयो । जनकपुरधामलाई सुन्दर, व्यवस्थित र आकर्षक सहर बनाउने अभियान शुरु भइसकेको र चैत–वैशाखसम्म उल्लेखनीय परिवर्तन देखिने विश्वास व्यक्त गरियो । जानकी मातासँग सम्बन्धित सम्पदाहरूको पुनर्निर्माण तथा व्यवस्थापनलाई प्राथमिकता दिइने बताइयो । साथै, विवाहपञ्चमीलाई भव्य बनाउन संघीय सरकारबाट बजेट विनियोजन र प्रवद्र्धनका विषयमा पनि छलफल भइरहेको जानकारी दिइयो ।’

उनले प्राविधिकहरूसँग छलफल गरेर बजेट तथा कार्यक्रमको योजना बनाउन र विवाहपञ्चमीलाई भव्य रूपमा सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?