Trending
>>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड


काठमाडौं ।जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले युरोपको ऊर्जा सुरक्षामा अजरबैजानको भूमिकाको प्रशंसा गर्दै दुई देशबीच आर्थिक तथा ऊर्जा सहकार्य विस्तारमा जोड दिएका छन् ।

बुधवार अजरबैजानको राजधानी बाकुको भ्रमणका क्रममा उनले अजरबैजानका विदेशमन्त्री जेहुन बेरामोभसँग भेटवार्ता गरेका थिए । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले ऊर्जा आपूर्तिमा अजरबैजानले गर्दै आएको विश्वसनीय सहकार्यप्रति धन्यवाद व्यक्त गरे । उनले जर्मनीको ऊर्जा क्षेत्र र समग्र अर्थतन्त्रलाई लाभ पुग्ने गरी दुई देशबीच आर्थिक तथा ऊर्जा सम्बन्ध थप विस्तार गर्न सकिने बताए । यसका लागि दुवै देशका अर्थमन्त्रीहरू निकट भविष्यमा जर्मनीको राजधानी बर्लिनमा भेट गर्ने सहमति भएको पनि उनले जानकारी दिए । वाडेफुलले मध्य एसियासँगको सम्पर्क विस्तारमा अजरबैजान जर्मनी र युरोपका लागि महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे । उनले मध्य करिडोरमार्फत रेल तथा सडक यातायात, विद्युत प्रशारण र डिजिटल पूर्वाधारका क्षेत्रमा सहकार्यका अवसर रहेको बताए । अजरबैजानका विदेशमन्त्री बेरामोभले पनि मध्य करिडोरको विकासमा आफ्नो देशको भूमिकाबारे छलफल भएको जानकारी दिए । उनले अलात स्वतन्त्र आर्थिक क्षेत्रबाट प्राप्त हुनसक्ने अवसरको उपयोग गर्ने विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको बताए ।

अजरबैजानले सन् २०२६ जनवरीदेखि जर्मनीमा प्राकृतिक ग्यास आपूर्ति सुरु गरेको हो । बेरामोभकाअनुसार दुई देशबीचको द्विपक्षीय व्यापार सन् २०२५ मा एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको थियो । सन् २०२६ को पहिलो नौ महिनामा यस्तो व्यापार करिब एक अर्ब अमेरिकी डलर रहेको उनले बताए ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?