काठमाडौं ।पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।
पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ ।
यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यलाई उच्च सटीकता र प्रभावकारिताका साथ प्रहार गर्न सक्षम रहेको सेनाले जनाएको छ । परीक्षणले पाकिस्तानको मिसाइल प्रविधि तथा रक्षा क्षमतामा थप प्रगति भएको सैन्य अधिकारीहरूको दाबी छ ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार