Trending
>>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण


काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले आजै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावासको कार्यालय पुगेर आफ्नो पदभारसमेत ग्रहण गरेका छन् ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन् । सो समारोहमा नेपालका राजदूत डा. पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि ओहोदाको प्रमाणपत्र बुझाएक थिए । भारतको राष्ट्रपति कार्यालयले आजै जारी गरेको विज्ञप्तिमा डा. निश्चलनाथ पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उनले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ।

ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत पाण्डे नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेका थिए । उनले दूतावासको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् । डा. पाण्डेले गत मंगलबार नयाँदिल्ली पुगेर आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका थिए। उनले नयाँदिल्ली पुगेको करिब ४८ घण्टाभित्रै भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा डा. पाण्डेलाई भारतका लागि नेपालको राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । भारतका लागि नेपालको राजदूतका रूपमा उहाँको नियुक्ति र जिम्मेवारी ग्रहणसँगै नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहयोगका विविध विषयलाई अघि बढाउने जिम्मेवारी उनको काँधमा आएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२ देखि हुने भनिएको भारत भ्रमणको तयारीका सन्दर्भमा पनि नयाँ राजदूतको जिम्मेवारी ग्रहणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरको सम्बन्धका विविध आयाम रहेकाले ती विषयमा सहकार्य र संवादलाई थप सुदृढ बनाउनु राजदूत पाण्डेका प्रमुख कार्यभार हुनेछन्।


प्रकाशित मिति: ३ मंसिर २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?