Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर


काठमाडौं ।दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा चार वर्षको जेल सजाय सदर गरेको छ ।

सर्वोच्च अदालतले बिहीवार प्रत्यक्ष प्रसारण गरिएको सुनुवाइमार्फत किमलाई यसअघि सोल उच्च अदालतले सुनाएको चार वर्षको कैद सजायलाई सदर गरेको हो । अदालतले उनलाई पाँच करोड वन (करिव ३७ हजार ५७० अमेरिकी डलर) जरिवाना गर्ने फैसला पनि कायम राखेको छ । किममाथि घुस लिएको, सेयर कारोबारमा अनियमितता गरेको र अवैध रूपमा जनमत सर्वेक्षण गराएको गरी तीनवटा भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको थियो ।

यसअघि तल्लो अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएकोमा उच्च अदालतले बढाएर चार वर्ष पुर्याएको थियो । दक्षिण कोरियाको संवैधानिक इतिहासमा आपराधिक मुद्दामा पूर्वप्रथम महिलालाई अन्तिम रूपमा जेल सजाय सुनाइएको यो पहिलो घटना हो । किम र उनका पति पूर्वराष्ट्रपति युनसँग सम्बन्धित भ्रष्टाचारका घटनाको अनुसन्धान गरेका विशेष अभियोजक मिन जोङ कीको टोलीले सुरुमा दुवै तहका अदालतमा किमलाई १५ वर्षको जेल सजाय माग गरेको थियो । सन् २०२२ को राष्ट्रपतीय निर्वाचनअघि राजनीतिक बिचौलिया म्युङ ताए क्युनबाट निःशुल्क रूपमा आफूअनुकूल जनमत सर्वेक्षण प्राप्त गर्न किमले पति युनसँग मिलेर काम गरेको आरोप लागेको थियो ।

त्यस्तै, सन् २०२२ मा एकता चर्चका पूर्वअधिकारीबाट धार्मिक समूहलाई अनुकूल व्यवहार गरिदिने सर्तमा हिराको हार र च्यानलका झोलालगायत महँगा उपहार लिएको अभियोग पनि उनीमाथि थियो । सन् २०१० देखि २०१२ सम्म सेयर कारोबारमा चलखेल गरी अवैध नाफा कमाएको आरोपमा पनि उनीमाथि मुद्दा चलेको थियो । उक्त मुद्दामा पहिलो सुनुवाइमा सफाइ पाएकी किम दोस्रो सुनुवाइमा भने आंशिक रूपमा दोषी ठहर भएकी थिइन् । सन् २०२५ सेप्टेम्बरमा पक्राउ परेकी किम दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीमध्ये हिरासतमा राखेरै मुद्दा चलाइएकी पहिलो व्यक्ति बनेकी थिइन् ।

यसका अतिरिक्त, पिपुल पावर पार्टीको महाधिवेशनमा आफूले चाहेको उम्मेदवारलाई पार्टी नेतृत्वमा पुर्याउन एकता चर्चका सदस्यहरूलाई सामूहिक रूपमा पार्टीमा प्रवेश गराउन आग्रह गरेको आरोप पनि उनीमाथि छ । व्यवसायिक लाभ उपलब्ध गराउने र सार्वजनिक पद बिक्री गर्ने विषयसँग सम्बन्धित थप अभियोगसमेत उनीमाथि लगाइएको छ ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?