Trending
>>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह


काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणको सन्दर्भमा शुक्रवार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्या धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताएका हुन् । उनले जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच धार्मिक सम्बन्ध ऐतिहासिक रहेकाले दुई धार्मिक सहरलाई रेल सेवामार्फत जोड्नु महत्वपूर्ण हुने बताएका छन् । जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ठोस पहल हुनुपर्ने उनको भनाइ छ । निधीले रेल सेवासँगै जनकपुर र अयोध्याबीच हवाई सेवा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रको बुद्ध एयर हवाई सेवा सञ्चालनका लागि तयार रहेको उल्लेख गर्दै उनले यस विषयमा पनि भारतीय पक्षसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । भारत भ्रमणका क्रममा सीमा व्यवस्थापन, यातायात, आर्थिक विकास तथा द्विपक्षीय सम्झौताका विषयलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री शाहको भ्रमणले नेपाल र भारतबीचको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी सहकार्यलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरेका छन् । मधेस प्रदेशकै महोत्तरी क्षेत्रसँग सम्बन्धित प्रधानमन्त्री साहको भारत भ्रमण सफल होस् भन्ने कामना गर्दै निधिले जनकपुरधामको धार्मिक, सांस्कृतिक र आर्थिक महत्वलाई भारतसँगको सम्बन्धमा उपयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाली काँग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ । उद्घाटन टुँडिखेलमा र निर्वाचन राष्ट्रिय सभागृहमा हुनेछ । महाधिवेशनको तयारीस्वरूप १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । त्यस्तै, ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । सातै प्रदेशको अधिवेशन पनि निर्धारित मितिमा हुँदैछ । मधेस प्रदेशको अधिवेशन मंसिर १४ गते जनकपुरमा आयोजना गर्ने तयारी छ। यसैको तयारीका लागि आज बर्दिबासमा आठै जिल्लाका सभापति, ३२ क्षेत्रीय सभापति तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बस्दैछ । हामी पार्टीको विधान, कानुन र परम्पराअनुसार सबै तहका अधिवेशन सम्पन्न गरी महाधिवेशनमा सहभागी हुँदैछौँ । यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु । भ्रमणका क्रममा जनकपुर–अयोध्या रेलसेवाको नियमित सञ्चालनसँगै हवाई सेवा शुरु गर्ने विषयले पनि प्राथमिकता पाओस् भन्ने हाम्रो अपेक्षा छ । साथै, आर्थिक विकास, सीमा, यातायात र द्विपक्षीय सहकार्यका विषयमा सकारात्मक उपलब्धि हासिल होऊन् भन्ने कामना गर्दछु ।’

निधीले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको तयारीबारे जानकारी दिँदै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताएका छन् । महाधिवेशनअघि सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?