Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

कर्णाली याक्सको विराटनगरमाथि जित


कर्णाली याक्सको विराटनगरमाथि जित

काठमाडौँ ।कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जित रच्दै लगातर दोस्रो सफलताहात पारेको छ ।

विशाल लक्ष्य पूरा गर्दै कर्णालीले बिहीवार विराटनगर किङ्समाथि चार विकेटको जित रच्यो । कर्णालीको लगातार दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो । चितवन राइनोजसँग पराजित विराटनगरले दोस्रो खेलमा खराब बलिङ गरेपछि लगातार दोस्रो हार व्यहो¥यो । त्रिवि क्रिकेट स्टेडियममा विराटनगरले १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कप्तान सोमपालको यादगार अलराउन्ड प्रदर्शनमा कर्णालीले एक बल अगावै जित रच्यो । सोमपालले ६२ रनमा अविजित रहे । बलिङमा पनि उनले चार विकेट लिएका थिए ।

६.५ ओभरमा ५७/५ को नाजुक स्थितिबाट सोमपालले कर्णालीलाई अप्रत्यासित जित दिलाएका हुन् । यस क्रममा उनले छैटौं विकेटका पवन सर्राफले ६६ रन र सातौं विकेटका लागि गुलसनसँग ६४ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । सोमपालले ३२ बलमा ६४ रनको इनिङ खेले । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । पवनले ३६ रन र गुलसनले २८ रनको इनिङ खेले । इनिङको पहिलो बलदेखि नै कर्णालीले आक्रामक शैली अपनायो । तथापि दोस्रो ओभरमा ओपनर मार्क वाट १ रनमै बोल्ड भए । तेस्रो ओभरदेखि कर्णालीले आक्रामक ब्याटिङ ग¥यो । प्रतीश जिसीको ओभरमा अरिफुल इस्लामले २२ रन जोडे । उनले तीन छक्का र एक चौका प्रहार गरे ।

चौथो ओभरमा बलिङ गर्न आएका एन्जेलोले खेल टर्न गरे । उनले यसै ओभरमा अरिफुललाई ३२ रनमा आउट गर्दै ठूलो सफलता दिलाए । अरिफुलले १२ बलमा समान तीन छक्का र छक्का हिर्काए । यसपछि पाँचौं, छैटौं र सातौं ओभरमा कर्णालीले लगातार १÷१ विकेट गुमाउन पुग्यो । पाँचौं ओभरमा हुसेन तलत खाता नखोल्दै पभेलियन फर्किए ।

स्पिनर चरित असलन्काले हुसेनलाई बोल्ड गरे । अर्को ओभरमा एन्जेलो दीपक डुम्रेलाई २० रनमा बोल्ड गरे । दीपकले १९ बलमा समान एक चौका र छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले बंगलादेशी ब्याटर अकबर अलीलाई १ रनमै बोल्ड गरे । यससँगै ६.५ ओभरमा ५७/५ को नाजुक अवस्थामा पुग्यो । छैटौं विकेटका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै जितको आधार बनाए । १४औं ओभरमा प्रतीशले पवनलाई ३६ रनमा बाउन्ड्री लाइनमा क्याच गराए । पवनले २८ बलमा एक चौका र तीन छक्का हिर्काए । तर अर्को छेउबाट कप्तान सोमपाल डढिरहे । सातौं विकेटका लागि उनले गुलसन झासँग रनको ६४ रनको अविजित साझेदारी गर्दै जित दिलाए । विराटनगरको बलिङमा एन्जेलोले तीन विकेट तथा कप्तान सन्दीप, प्रतीश, असलन्काले समान एक विकेट लिए । खराब बलिङसँगै फिल्डिङ गरेपछि विराटनगरले लगातार दोस्रो हार सामना ग¥यो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरको सुरुआत राम्रो भएन । तर, लोकेशको आक्रामक इनिङको प्रेरणामा विराटनगरले पूरै ओभरमा सात विकेटको क्षतिमा १८७ रनको चुनौतीपूर्ण लक्ष्य दियो । तेस्रो ओभरमै ओपनर इमरान शेख ५ रनमै आउट भए । स्पिनर मार्क वाटले उनलाई दीपक डुम्रेबाट क्याच गराए । एक छेउबाट ओपनर लोकेशले इनिङ बढाए । तर अर्को छेउबाट विकेट पतन भयो । चरित असलन्का ३ रनमै पभेलियन फर्किए । उनलाई कर्णालीका कप्तान सोमपालले गुल्सनबाट क्याच गराएका हुन् । त्यसअघि सोमपालकै बलिङमा लोकेशले नन्दन यादवबाट जीवनदान पाएका थिए । लोकेशको त्यसको फाइदा लिए । पावर प्लेमा विराटनगरले ४१ रन जोड्दै राम्रो सुरुआत पायो । तेस्रो विकेटका लागि लोकेश र शेहान जयासूर्याबीच ३४ रनको साझेदारी बन्यो । दुई रन लिने चक्कर जयासूर्या ११ रनमा रनआउट शिकार भए ।

८.६ ओभरमा विराटनगर ७३/३ को राम्रो स्थितिमा थियो । तर लोकेशलृ लगातार ठुला सट खेल्दै विशाल लक्ष्यको आधार बनाए । चौथो विकेटका लागि लोकेश र श्रीलंकाका एन्जेलो म्याथ्युजबीचको ७१ रनको साझेदारी महŒवपूर्ण रह्यो । १६औं ओभरमा लोकेश सोमपालकै कट एन्ड बोल्डको शिकार भए । लोकेशले ५२ बलमा चीन चौका र ९ चौका र ९ छक्का प्रहार गरे । १५.५ ओभरमा विराटनगर १४४/४ को बलियो स्थितिमा थियो । त्यसपछि आएका वेस्ट इन्डिजका रसेलले पनि आक्रामक ब्याटिङ गरे । तर अर्को छेउबाट एन्जेलो आउट भए । सोमपालले म्याथ्युजलाई ३१ रनमा बोल्ड गरे । त्यसअघि म्याथ्युजले २३ बलमा चौका हिर्काए । रसेलले १५ बलमा २७ रनको आक्रामक इनिङ खेले ।

१८औं ओभरमा सोमपालले रसेललाई युनिस सिंह ठकुरीबाट क्याच गराए । रसेलको इनिङमा तीन चौका र दुई छक्का रह्यो । इनिङको अन्तिम बलमा आउट भएका बसिरले ७ बलमा १३ रन बनाए । उनले समान एक चौका र छक्का हिर्काए । अन्तिम १० ओभरमा १०६ रन जोडेपछि विराटनगरले विशाल योगफल बनाएको हो । कर्णालीको बलिङमा सोमपालले चार विकेट तथा वाट र नन्दनले समान एक विकेट लिए । मार्क वाटले चार ओभरमा एक मेडन राख्दै २३ रन खर्चिए । अन्य बलर निकै मंहगा साबित भए । शुक्रवार कुनै पनि खेल हुनेछैन । शनिवार दुई खेल हुनेछन् ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?