Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छ


सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छः सचेतक राई

काठमाडौँ। नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताएका छन् । सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पु¥याएको योगदानको स्मरण गरेका छन् । आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै उनले बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गरेका छन् । आफू जन्मले नभई विचार र चिन्तनले काँग्रेस भएको स्पष्ट पारेका छन् ।

पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उनले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उनले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी काँग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उनले सबैलाई आह्वान गरेका छन् ।

सचेतक राईले भने, ‘कांग्रेसले यो देशको स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्न पु¥याएको ऐतिहासिक योगदानलाई हेरेर म यस पार्टीमा आवद्ध भएको हुँ । मेरो सोच र चिन्तनले मलाई कांग्रेस बनाएको हो । आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि आदर गर्न सिक्नुपर्छ, यो नै प्रजातन्त्र र काँग्रेसको शैली हो । काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत सिद्धान्तहरू यथावत् रहे पनि कार्यशैलीमा भने व्यापक रूपान्तरण भएको छ ।’

काँग्रेसको आन्तरिक रूपान्तरणबारे चर्चा गर्दै सचेतक राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गरेका छन् । बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको उनको आरोप छ । सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्दै उनले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?