Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः हर्कराज राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ छ । राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताए । उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गरेका छन् । उनले नेपाली भूमिमा सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘उहाँले हाम्रो सीमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ कहाँ अतिक्रमण गरेको हो भन्नेबारे पुष्टि गर्नुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाई सच्याउनुपर्छ । त्यो कुरा नसच्चिएसम्म अर्को विषयमा प्रवेश गर्नु मिथ्या रहन्छ किनभने देश र रहनको भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । आफ्नो मुलुकको भुगोलको रक्षा गर्नुको सट्टा प्रधानमन्त्रीज्यूले जे अभिव्यक्ति दिनुभयो त्यसले हामी आन्दोलित छौँ, आक्रोशित छौँ । उहाँ आफैंले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’

प्रधानमन्त्री साहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिएका थिए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?