Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं


सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको भन्दै बिहीवारको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमममा बोल्दै सांसद चौलागाईंले प्रहरीले अपराधिक अनुसन्धामा संलग्न विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलका सांसदहरु नै प्रहरी प्रशासनविरुद्ध खनिने कुराले दुवै पक्षबीच द्वन्द्व सिर्जना गरेको बताएका छन् प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीवार सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका थिए । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठकका लागि उनले डिआईजीहरुलाई हेडक्वाटर बोलाएका थिए । सांसद चौलागाईंले न्यायपालिकाभित्र रहेको बिचौलिया सञ्जालको निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने समेत बताए । उनले न्यायपालिकाको शुद्धीकरणका लागि जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले न्यायपालिकाभित्रका अनियमितता ढाकछोप गर्न पछिल्लो समय मिडिया ट्रायल भइरहेको समेत बताएका छन् । उनले न्यायपालिकामा देखिएको विचौलिया सञ्जालको विषयमा कठोर निर्णय लिन मंसिर पहिलो साता नै संसद बोलाउनेबारे छलफल भइरहेको समेत बताएका छन् ।

उनले भने, ‘विचौलियाको खेल जिल्ला अदालतमा पनि छ, विशेष अदालतमा पनि छ । अन्य ठाउँको कुरा भएन न्यायाधीकरणहरूमा पनि छ । सबै तिर खोज्दै जाँदा अदालतहरु खाली हुनसक्ने सम्भावना पनि छ । हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि लिएर छानबिन गर्नुपर्नेछ । प्रकाशमान सिंह राउतको पनि एउटा प्रतिवेदन छ, त्यो पनि हेर्नुपर्ने छ । यो सबै विषयमा क्रमभंगताको आवश्यकता छ । न्यायपालिकामा शुद्धीकरण हुन्छ, त्यसको सुरुवात हामीले गरेका छौँ । आइजीपी सापको विषयमा त्यो चिर्कटो कसले बाहिर ल्यायो ? न्यायपालिकाबाट आएको त होइन । सरकारबाट आएको त होइन । त्यो प्रहरी प्रशासन, सरकारको अन्डरमा भएको प्रहरी प्रशासनबाट आएको हो नि । यसले के देखाउँछ भने सरकार र प्रहरीको बीचम कहीँ न कहीँ कन्फ्लिक्ट भइरहेको छ । हिजोको डिआइजी सम्मेलन पनि पनि त्यसकै रुप हो ।’

सांसद चौलागाईंले न्यायपालिकामा रहेको बिचौलिया नेक्सस प्रकरणमा नेपाल बार एशोसिएशनले छुट्टै समिति गठन गरी छानबिन गर्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?