Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग

दक्षिण कोरिया। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ ।

सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन (मार्सल ल) घोषणा गरी विद्रोह गराएको आरोपमा चलिरहेको पुनरावेदन सुनुवाइका क्रममा बिहीवार अभियोजन पक्षले मृत्युदण्डको माग गरेको हो । पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोह तथा अन्य सम्बन्धित अपराधको अनुसन्धान गरिरहेका विशेष अभियोजक चो युन सुकको टोलीले युद्ध, हिंसात्मक घटना वा त्यस्तै राष्ट्रिय सङ्कटकालीन अवस्था नरहेको समयमा सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लगाएको छ । अभियोजन पक्षले पहिलो तहको अदालतमा पनि युनलाई मृत्युदण्ड दिन माग गरेको थियो । तर गत फेब्रुअरीमा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको मुख्य योजनाकार दोषी ठहर भएमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनसक्ने व्यवस्था छ । युनले सन् २०२४ डिसेम्बर ३ को राति आकस्मिक सैनिक शासन घोषणा गरेका थिए । तर राष्ट्रिय सभाले केही घण्टामै उक्त निर्णय उल्ट्याउँदै सैनिक शासन अन्त्य गरेको थियो ।

त्यसपछि महाभियोग प्रक्रियामार्फत पदमुक्त गर्ने निर्णयलाई दक्षिण कोरियाको संवैधानिक अदालतले सन् २०२५ अप्रिलमा सदर गरेको थियो । उनलाई विद्रोहको मुख्य योजनाकार भएको आशङ्कामा सन् २०२५ जनवरीमा हिरासतमा रहेकै अवस्थामा अभियोग लगाइएको थियो । अदालतबाट अन्तिम फैसला भने आउन बाँकी छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?