Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित


भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

भारत। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ । विद्यालय तथा कलेजलगायत शैक्षिक संस्थाहरू पनि आगामी केही दिनका लागि बन्द गरिएका छन् ।

आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ । प्रतिघण्टा १३० किलोमिटरसम्मको गतिमा आएको शक्तिशाली चक्रवात बुधवार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । विशेषगरी आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तिसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ ।

मुख्यमन्त्री नायडूका अनुसार चक्रवातका कारण करिब ७१ हजार हेक्टर कृषि क्षेत्रमा लगाइएको नरिवल र केरा लगायतका बालीमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । चक्रवातबाट प्रभावित करिव ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ । त्यस्तै झन्डै १८० घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?