Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल


काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । जग्गा पहिचान गरिसकेकोले छिट्टै पुनस्थापनाको काम अगाडी बढाउने उनले बताएका छन् । विपद् प्रभावितलाई गर्न पुनःस्थापना उपयुक्त जग्गा पहिचानका लागि नापी विभागका महानिर्देशकको अध्यक्षतामा गठित समितिले आवश्यक जग्गा पहिचान गरेको उनको भनाई छ । प्रभावित नागरिकलाई आफ्नो पुरानो बसोवास क्षेत्रबाट टाढा स्थानान्तरण गर्दा पुनःस्थापनामा समस्या हुन सक्ने भएकाले सम्भव भएसम्म प्रभावित क्षेत्रनजिकै उपयुक्त जग्गा पहिचान गरिएको उनले बताएका छन् । पहिचान भएका जग्गामा बस्ती विकास तथा पुनःस्थापनाको काम भने पूर्वाधार विकास मन्त्रालयले गर्ने उनले जानकारी दिएका छन् पुनःस्थापनाका लागि आवश्यक निजी जग्गा खरिद तथा जग्गा अधिग्रहण प्रक्रियामा सहजीकरण गर्न कानूनी संशोधनबारे छलफल भइरहेको पनि उनले बताएका छन् । हाल जग्गा अधिग्रहणको प्रक्रिया लामो हुने गरेको गुनासो सम्बोधन गर्न कानूनी व्यवस्था सहज बनाउने विषयमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । जिल्ला समन्वय समितिको भुमिकालाई थप प्रभावकारी बनाउने तथा भू–उपयोग योजनामार्फत जोखिमयुक्त क्षेत्रमा बस्ती विकासलाई व्यवस्थित गर्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘जग्गा पहिचान गर्नको लागि मन्त्रालयको अन्तर्गतको नापी विभाग छ, नापी विभागको महानिर्देशकको अध्यक्षतामा एउटा समिति पनि गठन गरेका थियौँ, त्यो समितिले जग्गा पहिचानको काम गरिसकेको छ । हामीले सकेसम्म जहाँ प्रभावित छन्, त्यहीँ नजिकै स्थानान्तरण गर्ने तयारी गरेका छौँ, टाढा व्यक्तिहरू गएर बस्न सक्दैनन् । हामीले घर बनाइदिउँ भने पनि गएर बस्दा रहेनछन्, हाम्रो अन्यत्र जिल्लाहरूमा त्यो अनुभव भयो । जग्गाहरू पहिचान गर्ने काम मन्त्रालयले ग¥यो, पहिचान गरेको जग्गामा अब कहाँनेर उपयुक्त हुन्छ भनेर वस्ती बसाउने काम पुवाधार विकास मन्त्रालयले गर्छ । उपयुक्त स्थानमा यो बस्ती बसाउने कामहरू छिट्टै शुरु हुन्छ ।’

उनले भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बाट भएको क्षतिको वडागत विवरण संसदीय विशेष समितिलाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् । समितिले मन्त्रालयसँग वडागत क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । सचिव भुजेलले प्रभावित क्षेत्रको क्षतिको विवरण, पुनःस्थापना लागी स्थानीय तह तथा अन्य मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।

उनले भोटेकोशी बाढीबाट १६ वटा सहकारी संस्था प्रभावित भएको बताए । ती संस्थाको पुनरुत्थानका लागि एशियाली ऋण सहयोगसम्बन्धी संस्थाबाट सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन् । उक्त सहयोगका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक रहेकाले सहमतिपछि प्रभावित सहकारीको पुनरुत्थानमा सहयोग प्राप्त हुने उनले बताएका छन् । उनले ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिएका छन् ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?