काठमाडौँ ।जनकपुर बोल्ट्ससँग हारपछि काठमान्डु गोर्खाजका प्रशिक्षक शरद भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।
हारपछि पत्रकार सम्मेलनमा प्रशिक्षक शरदले आफ्नो टोलीका स्टार अस्ट्रेलियाका वार्नर दोस्रो खेल या चाडै आउन सक्ने बताएका हुन् । आफ्नो टोलीले साझेदारी बनाउन नसकेको र १०÷१५ रन कम भएको काठमान्डु गोर्खाजका प्रशिक्षक शरदको भनाइ छ । लगातार विकेट जाँदा समस्या भएको उनले उल्लेख गरे । कन्डिनसन सहज नरहेको उनी बताउँछन् । जनकपुरको ब्याटिङ लाइन अपमा धेरै लेफ्ट ह्यान्डेड रहेकाले त्यहीअनुरूप बलिङमा प्रयोग गरेको शरदले उल्लेख गरे । आफूसँग खेलाडी छनोटको सीमित अप्सन रहेको उनको भनाइ छ । आगामी खेलमा विदेशी खेलाडी आएपछि अभैm राम्रो हुन सक्ने प्रशिक्षक शरदको विश्वास छ ।
अनुभवी खेलाडी मोइन अली र हसन अलीको साझेदारी नै गेम चेन्जर मुमेन्ट रहेको बताए । काठमान्डुका प्रशिक्षक शरद्ले टोलीमा खेलाडी छनोटको अवसर सीमित रहेको उल्लेख गर्दै जनकपुरका मोइन र हसनको साझेदारीले खेलको मुमेन्ट चेन्ज भएको बताए । लक्ष्य सामान्य भए पनि आफ्ना खेलाडीले बलिङबाट धेरै इफोर्ट लगाउनु नै महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । आफ्ना लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सहज नरहेको शरदले स्विकार गरे । यद्यपि, चुनौतीमा राम्रो गर्ने आफ्नो स्वाभाव रहेको उनी बताउँछन् । जनकपुरको युवा बलर राहुलको बलिङ उत्कृष्ट रहेको भन्दै शरदले देशका लागि राम्रो सम्भावना आउन सक्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार