काठमाडौँ ।काठमान्डु गोर्खाजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका युवा बलर राहुल यादवले पहिलो खेलमा केही नर्भस भए पनि अहिले आत्मविश्वास बढेको बताएका छन् ।
काठमाण्डुविरुद्ध चार विकेट लिँदै म्यान अफ दी म्याच भएका राहुलले पहिलो बलमै विकेट आउँदा खेलमा सहज भएको बताएका छन् । साथै उनले पहिलो खेलमा आपूm केही नर्भस रहे पनि अहिले हटेको उल्लेख गरे । राहुलले आगामी खेलमा विकेट आउँदा थप सहज हुँदै जाने विश्वास गरेका छन् । पहिलो बलमै विकेट लिएपछि अभैm राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास बढेको राहुलले उल्लेख गरे । घरबाट सहयोग मिल्दा यहाँसम्म यात्रा सम्भव भएको उल्लेख गर्दै उनले चन्द्रपुर क्रिकेट एकेडेमीबाट सिकेको बताए । समर्थकले आफ्नो नाम लिँदै हुटिङ गर्दा धेरै खुसी लागेको उनले प्रतिक्रिया दिए ।
जनकपुरको जर्सी लगाउँदा छुटै उत्साह मिल्ने गरेको उनी बताउँछन् । जनकपुर बोल्ट्सको ४४० जनाको ट्यालेन्ट हन्ट छनोटबाट टोलीमा परेका हुन् । जहाँ उनले पहिलो खेलदेखि नै जनकपुरबाट खेल्ने अवसर पनि पाए । ट्यालेन्टबाट आएर पहिलो खेलमै विश्वास गर्नु नै आफ्ना लागि महत्वपूर्ण रहेको राहुल बताउँछन् । कप्तान र प्रशिक्षकले गरेको विश्वास गरेअनुरूप विकेट लिँदा धेरै खुसी लागेको उनको धारणा छ । अभैm आगामी खेलमा राम्रो गर्ने उनको विश्वास छ ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार