Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे


पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे

काठमाडौँ ।नेपाल प्रिमियर लिग ९एनपिएल को तेस्रो सिजनमा पहिलो जितपछि सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले पहिलो खेलमै टोलीको हार दशा काटेको बताए ।

पोखरा एभेन्जर्समाथि जित निकालेपछि पत्रकार सम्मेलन सुदूरपश्चिमका ब्याटर इशानले पहिलो खेलमा राम्रो गर्न नसक्दा हार व्यहोर्नु परेको र दशा पनि कटेको बताएका हुन् । डिआरएस नभएको भए ब्याटरका लागि धेरै अफ्ठ्यारो हुनसक्ने उनले उल्लेख गरे । स्पिनर अनिल खरेलले बलिङको प्रंसशा गर्दै इशानले अस्ट्रेलियामा पनि उनले राम्रो क्रिकेट खेल्दै आएकाले मद्दत पुगेको बताए । धेरै वर्षदेखि अनिलले धेरै राम्रो क्रिकेट खेल्दै आएको उनको भनाइ छ । पोखराविरुद्ध ठुला सट नखेली इनिङ बढाउनुपर्ने अवस्था रहेको र आफूले पनि त्यही पक्षमा ध्यान दिएको इशानको भनाइ थियो ।

पोखरा एभेन्सजर्सका खेलाडी अर्जुन घर्ति मगरले पहिलो हार भएपनि आफ्नो टोली प्लेअफमा पुग्ने विश्वास व्यक्त गरे । यसपल्ट बलिङ र ब्याटिङ सबै पक्षमा पोखरा बलियो टोली रहेको उनको भनाइ छ । टोली ब्यालेन्स रहेकाले पहिलो खेलमा हारले हतास नरहेको उनी बताउँछन् ।

उनले खेलमा प्रोसेस फलो गर्दा ब्याटिङमा राम्रो हुन सकेको बताए । आजको खेलमा ठुलो सट भन्दा पनि स्ट्राइक रोटेट गरेको उनले उल्लेख गरे ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?