Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली


काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन् ।

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताएका छन् । नेपाली समाजमा विदेशी लेखकप्रतिको आकर्षण र आफ्नै देशका लेखक तथा चिन्तकलाई कम महत्व दिने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाई छ । उनले आफूले नेपाली लेखकहरुसंग बसेर छलफल गर्ने कार्ययोजना रहेको पनि सुनाएका छन् । छिट्टै नै नेपाली लेखक तथा चिन्तकहरुसंग बसेर छलफल गर्ने उनको भनाई छ ।

उनले भने, ‘हामी आफूकहाँ भएका विद्वान् त्यत्ति चिन्दैनौँ । सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखिएका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीकै उदाहरण गर्नुभएको होला । किनभने नेपालीले लेखेकोलाई त्यत्ति विद्वान हामी ठान्दैनौँ, त्यसकारण उदाहरण गरिरहनुपर्ने आवश्यकता पनि देख्दैनौँ । जतिसुकै विद्वान् किन नहोस्, जतिसुकै तर्कपूर्ण तथ्यपूर्ण नहोस्, तर हामी विद्वान् लेखकहरू अलिक बाहिरकै ठान्छौँ ।’

ओलीले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने प्रवृत्ति विकास गर्नुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?