Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी


सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी

काठमाडौँ ।उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा सुखद् शुरुवात गरेको छ ।

कीर्तिपुरमा सोमवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराउँदै एनपिएलको तेस्रो सिजनमा सुखद् शुरुवात गर्यो । सुदूरपश्चिमले लगातार दोस्रो भेटमा लुम्बिनीसँग खराब प्रदर्शनसहित हार बेहो¥यो । गत संस्करणको फाइनलमा पनि लुम्बिनी सुदूरपश्चिमलाई नै हराउँदै च्याम्पियन भएको हो । गत भेटमा ८५ रनमै अलआउट भएको सुदूरपश्चिमले लगातार दोस्रो भेटमा सोही प्रदर्शन दोहो¥यायो । लुम्बिनीका कप्तान रोहितले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन निर्णय सही साबित भयो । लुम्बिनीका मध्यम गतिका बलर किशोर महतो र स्पिनर शेर मल्ल चम्किए । अन्य बलरबाट पनि साथ पाउँदा लुम्बिनीले सहज जित रच्यो ।

दुवै इनिङमा लुम्बिनी हाबी रह्यो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले ८८ रनको झिनो लक्ष्य दियो । तथापि लुम्बिनीले १० औं ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो । समान्य लक्ष्य पछ्याएको लुम्बिनीले सुरुदेखि आक्रामक ब्याटिङ ग¥यो । ओपनर डार्सी सटले ४० रनको आक्रामक इनिङ खेले । १८ बलमा उनले चार चौका र तीन छक्का हिर्काए । अर्का ओपनर आसिफ शेख २५ बलमा ३२ रन बनाए । उनको इनिङमा समान दुई चौका र छक्का रह्यो । यी दुई बीच ७२ रनको साझेदारी भएपछि लुम्बिनी फराकिलो जिततर्पm अग्रर थियो । तर स्पिनर अनिल खरेलले दुवै ब्याटरलाई आउट गर्दै दबाब बनाउने प्रयास गरे ।

उनले सातौं ओभरमा डार्सी र नवौं ओभरमा आसिफलाई पभेलियन फर्काए । त्यसपछि आएका निरोसान डिकवेला ७ रनमै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उनलाई बोल्ड गरेका हुन् । तथापि लुम्बिनीले थप क्षति व्यहोर्नु परेन । सुदूरपश्चिमका स्कट कुग्गेलिनले दुई ओभरमा बलिङमा ३० रन खर्चिए । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमै ८७ रनको योगफलमा अलआउट हुन पुग्यो । सुदूरपश्चिमले सबैभन्दा कमजोर लक्ष्य दियो । यो एनपिएलकै पाँचौं कम योगफल रह्यो । यस क्रममा सुदूरपश्चिमका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । कप्तान दीपेन्द्रसिंह ऐरीको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत योगफल रह्यो ।

कुनैपनि ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा सुदूरपश्चिमले खराब ब्याटिङ सामना ग¥यो । स्पिनर शेर मल्ल र मध्यम गतिका बलर किशोर महतोले संयुक्त सात विकेट लिँदै सुदूरपश्चिमलाई सस्तैमा रोके । शिर्ष क्रमका चार ब्याटर सस्तैमा आउट भएपछि सुदूरपश्चिमको खराब शुरुवात भयो । ओपनर विनोद भण्डारी ९ रन, आरिफ शेख शून्य, ब्रेन्डन म्याकमुलन २ रन र ओपनर सइब जैब १३ रनमै आउट भए । ५.४ ओभरमा सुदूरपश्चिम ३४÷४ को नाजुक अवस्थामा पुग्यो । एनपिएलको पहिलो रिभ्यु तेस्रो ओभरमा भयो । शेर मल्लको बलिङमा लुम्बिनीले लिएको थियो । ब्याटर सइब जैबविरुद्धको एलबिडब्लु रिभ्यु सफल भएन । सुरुमा चार विकेट पतनपछि दबाबमा परेको सुदूरपश्चिम समालिन नै सकेन । लगातार थप दुई विकेट गुमाउन पुग्यो ।

ईशान पाण्डे ७ रन र सेरफान रुथरफर्ड १ रनमै पभेलियन फर्किए । यसपछि आएका स्कट कुग्गेलिन दुई बल खेलेर खाता नखोल्दै आउट भए । ९.४ ओभरमा ५६ रन जोड्दा सुदूरपश्चिमका सात ब्याटर पभेलियन फर्किसकेका थिए । शेर र किशोरले सुदूरपश्चिमको माथिल्लो क्रमका ध्वस्त बनाए । कप्तान दीपेन्द्रसिंहले समाल्ने प्रयास गरे । तर उनी पनि १२औं ओभरमा किशोरको बलमा बोल्ड हुन पुगे । दीपेन्द्र २३ बलमा दुई चौकासहित २७ रन जोडेर पभेलियन फर्किए । लगत्तै अर्को बलमा किशोरले हेमन्त धामीलाई बोल्ड गर्दै सुदूरपश्चिमको नवौं विकेट दिलाए । तर किशोर ह्याट्रिक लिन सफल भएनन् । कप्तान रोहितले अविनाश बोहरालाई बोल्ड गर्दै सुदूरपश्चिमको दशौं विकेट लिए ।

तल्लो क्रमका अनिल खरेल १५ रनमा नटआउट रहे । दोहोरो अंकमा रन जोड्ने उनी सुदूरपश्चिमका तेस्रो ब्याटर हुन् । लुम्बिनीको बलिङमा किशोरले चार विकेट तथा शेरले तीन विकेट लिए । शेरले चार ओभरमा ११ रन मात्र दिए । साड्ले भान, तिलक भण्डारी र रोहितले समान एक विकेट लिए । मंगलवार पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुनेछ ।


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?