Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा


काठमाडौँ ।कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बुधवार आयोगलाई ज्ञापन पत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारीता र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेल हुने कार्य भइरहेको भन्दै उनले यसलाई रोक्न स्थानीय हतको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड दिएका छन् ।गैरदलीय निर्वाचनले स्थानीय नेतृत्व चयनमा नागरिकको स्वतन्त्र छनोट र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने उनको भनाइ छ । अध्यक्ष घिसिङले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न समेत माग गरेका छन् । त्यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक संस्थागत पूर्वाधार तयार गर्नुपर्ने उनको माग छ । उनले निर्वाचन आयोगलाई दुवै विषयमा आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श र सम्बन्धित निकायसँग समन्वय गरी आगामी स्थानीय तहको निर्वाचनअघि नै कार्यान्वयन हुने समयवद्ध कार्ययोजना सार्वजनिक गर्न समेत आग्रह गरेका छन् । उनले निर्वाचनमा हुने अपारदर्शी खर्च र अनुचित चलखेल नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा जवाफदेहिताको व्यवस्था गर्न समेत आयोगको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सर्वोच्चता र परिणाममुखी सार्वजनिक सेवालाई लोकतान्त्रिक शासनका आधार मान्ने हाम्रो पार्टी स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने मान्यता राख्दछ । स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको दलीय प्रणालीको विरोध गर्नु होइन । स्थानीय सरकारको मुख्य जिम्मेवारी जनताप्रति उत्तरदायी हुँदै विकास निर्माण र जनसेवा गर्नु भएकोले यी कार्यलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा यो अवधारणा अघि सारिएको छ । यसै राजनीतिक दृष्टिकोण अनुरूप आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो सरकार चयन गर्न मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उज्यालो नेपाल पार्टीले प्रमुख राजनीतिक मागका रूपमा अघि सारेका सारेको छ । स्थानीय नेतृत्व चयनलाई दलीय शक्ति प्रदर्शन, आर्थिक चलखेल र राजनीतिक ध्रुवीकरणको प्रभावबाट मुक्त गर्दै योग्यता, इमान्दारी र कार्यसम्पादनमा आधारित बनाउन तथा देश बाहिर रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक सहभागिताबाट वञ्चित हुन नदिन यी दुवै विषयमा राज्यका सम्बन्धित निकायले तत्काल ठोस पहल गर्न आवश्यक छ ।’ उनले विदेशमा रहेका नेपाली नागरिकको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी तथा प्राविधिक तयारीमा जुट्न समेत आयोगको ध्यानाकर्षण गरेका छन् ।

काठमाडौँ ।कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

बुधवार आयोगलाई ज्ञापन पत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारीता र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेल हुने कार्य भइरहेको भन्दै उनले यसलाई रोक्न स्थानीय हतको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड दिएका छन् ।गैरदलीय निर्वाचनले स्थानीय नेतृत्व चयनमा नागरिकको स्वतन्त्र छनोट र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने उनको भनाइ छ । अध्यक्ष घिसिङले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न समेत माग गरेका छन् । त्यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक संस्थागत पूर्वाधार तयार गर्नुपर्ने उनको माग छ । उनले निर्वाचन आयोगलाई दुवै विषयमा आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श र सम्बन्धित निकायसँग समन्वय गरी आगामी स्थानीय तहको निर्वाचनअघि नै कार्यान्वयन हुने समयवद्ध कार्ययोजना सार्वजनिक गर्न समेत आग्रह गरेका छन् । उनले निर्वाचनमा हुने अपारदर्शी खर्च र अनुचित चलखेल नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा जवाफदेहिताको व्यवस्था गर्न समेत आयोगको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सर्वोच्चता र परिणाममुखी सार्वजनिक सेवालाई लोकतान्त्रिक शासनका आधार मान्ने हाम्रो पार्टी स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने मान्यता राख्दछ । स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको दलीय प्रणालीको विरोध गर्नु होइन । स्थानीय सरकारको मुख्य जिम्मेवारी जनताप्रति उत्तरदायी हुँदै विकास निर्माण र जनसेवा गर्नु भएकोले यी कार्यलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा यो अवधारणा अघि सारिएको छ । यसै राजनीतिक दृष्टिकोण अनुरूप आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो सरकार चयन गर्न मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उज्यालो नेपाल पार्टीले प्रमुख राजनीतिक मागका रूपमा अघि सारेका सारेको छ । स्थानीय नेतृत्व चयनलाई दलीय शक्ति प्रदर्शन, आर्थिक चलखेल र राजनीतिक ध्रुवीकरणको प्रभावबाट मुक्त गर्दै योग्यता, इमान्दारी र कार्यसम्पादनमा आधारित बनाउन तथा देश बाहिर रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक सहभागिताबाट वञ्चित हुन नदिन यी दुवै विषयमा राज्यका सम्बन्धित निकायले तत्काल ठोस पहल गर्न आवश्यक छ ।’

उनले विदेशमा रहेका नेपाली नागरिकको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी तथा प्राविधिक तयारीमा जुट्न समेत आयोगको ध्यानाकर्षण गरेका छन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?