काठमाडौँ ।कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो सिजनमा पहिलो जित रचेको छ ।
लिगको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमले बुधवार पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दा कप्तान दीपेन्द्रसिंहले अर्धशतकसँगै अलराउन्ड प्रदर्शन गरे । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिमले पोखरासँग भने ब्याटिङमा सुधारिएको प्रदर्शन गर्यो । पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट हुन पुगेको थियो । विश्वस्तरीय स्टार क्रिकेटर भित्राएको पोखराले भने हारबाट शुरुवात गर्नुपर्यो । त्रिवि क्रिकेट स्टेडियममा पोखराले १४६ रनको मध्यम लक्ष्य दिएको थियो । सुदूरपश्चिमले १६।५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको शुरुवात राम्रो हुन सकेन । तर कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेको चौथो विकेटका लागि ७४ रनको साझेदारीले सुदूरपश्चिम जितनजिक पुग्यो ।
१६औं ओभरमा स्पिनर मेहदी हसनले इशानलाई एलबिडब्लु आउट गर्दै साझेदारी तोडे । इशान ३७ रन बनाएर आउट भए । इशानले ३१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्र ५१ रनमा अविजित रहे । उनले ३६ बलमा अर्धशतक बनाएका दीपेन्द्रले चार चौका दुई छक्का हिर्काए । सुदूरपश्चिमले पहिलो ओभरमै ओपनर विनोद भण्डारी ४ रनमा आउट भए । धनन्जय लक्षणको बलमा लगातार चौका प्रहार गर्ने चक्कर उनी बोल्ड हुन पुगे । अर्का ओपनर सइब जैब र ब्रेन्डन म्याकमुलनले इनिङ समाल्ने प्रयास गरे । दोस्रो विकेटका लागि यी दुईले ३४ रनको साझेदारी गरे । बंगलादेशी अलराउन्डर सकिब अल हसनले ब्रेन्डनलाई २२ रनमा एलबिडब्लु धरापमा पार्दै साझेदारी तोडे । १२ बल खेल्दै ब्रेन्डनले दुई चौका र एक छक्का प्रहार गरे । पावरप्लेमा सुदूरपश्चिमले ५१ रन जोड्दा दुई विकेट गुमाउन पुग्यो । छैटौं ओभरमा सइब पनि १५ रनमै रनआउट हुन पुगे । यससँगै सुदूरपश्चिम ५६/३ को अवस्थामा पुग्यो । तथापि कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डे बीच महŒवपूर्ण अर्धशतकीय साझेदारी बन्यो
पोखराको बलिङमा सकिब, हसन र धनन्जयको नाममा समान एक विकेट रह्यो । टस जितेर सुदूरपश्चिमले पोखरालाई ब्याटिङ निम्त्यो दियो । मध्यम गतिका बलर हेमन्त धामीले सुदूरपश्चिमलाई राम्रो शुरुवात दिलाए । उनले ओपनर दिनेश खरेललाई ४ रनमै विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पोखरामाथि दबाब बनाए । तेस्रो ओभरभित्र नै हेमन्तको दुई पल्ट एलबिडब्लु आउट निर्णय डिआरएसबाट उल्टिएको थियो । तर, कप्तान कुशल भुर्तेल र बंगलादेशी ब्याटर मेहदी हसनले इनिङ समाल्ने प्रयास गरे । तर यी दुई बीच दोस्रो विकेटका लागि ३५ रनको साझेदारी बन्यो । स्पिनर अनिल खरेलले हसनलाई ३२ रनमा कप्तान दीपेन्द्रबाट क्याच गराए । २१ बल खेलेका हसनको इनिङमा चार चौका र एक छक्का रह्यो ।
कप्तान दीपेन्द्रले यसपछि लगातार स्पिनर प्रयोग गर्दै रनमा अंकुस लगाउने प्रयास गरे । पावरप्लेमा दुई विकेट गुमाए पनि पोखराले ५१ रन जोड्यो । दशौं ओभरमा दीपेन्द्रले पोखराका कप्तान कुशल भुर्तेललाई २१ रनमा आउट गरे । १४ बल खेलेका कुशलको इनिङमा दुई चौका रह्यो । ९.१ ओभरमा पोखरा ६८/३ को अवस्थामा थियो । यसपछि एक समय विश्व नम्बर एक अलराउन्डर रहेका सकिब अल हसन क्रिजमा आए । यद्यपि, सकिबले प्रभाव जमाउन सकेनन् । उनी स्पिनर अनिलको शिकार भए । सकिबले १६ बल खेल्दै १४ रन मात्र जोडे । उनको इनिङमा चार चौका रह्यो । यी बीच पोखराले १५ रन जोड्दा तीन कप्तान कुशल र सकिबसँगै तीन विकेट गुमाउन पुग्यो । अनिलले नै सदिरा समाराविक्रमालाई ८ रनमा पभेलियन फर्काए ।
यससँगै पोखराको पाँचौं विकेट पतन भयो । छैटौं विकेटका लागि अर्जुन घर्ति र धनन्जय लक्षणले ३२ रनको साझेदारी गर्दै एक सय रनको आँकडा पार गराए । १७औं ओभरमा धनन्जय ११ रनमा रनआउट हुन पुगे । लगत्तै ओभरमा किरण ठगुन्ना १ रनमै स्कट कुग्गेलिनको शिकार भए । १७.१ ओभरमा पोखरा ११७/७ को नाजुक अवस्थामा पुग्यो । तथापि १८औं र डेथ ओभरमा अर्जुनले आक्रामक ब्याटिङ गर्दै पोखरालाई फाइटिङ स्कोरसम्म पु¥याए । अर्जुन ४० रनमा अविजित रहे । २५ बल खेलेर उनले चार चौका र एक छक्का हिर्काए । पोखराले १८औं ओभरमा १० रन र डेथ ओभरमा १५ रन जोडेको थियो । यी दुवै ओभर स्कट कुग्गेलिनले बलिङ गरेका थिए ।
आठौं विकेटका लागि अर्जुन र विपिन खत्रीबीच २८ रनको साझेदारी बन्यो । सुदूरपश्चिमको बलिङमा कुग्गेलिन महँगा रहे । चार ओभरमा उनले एक विकेट लिँदा ४९ रन खर्चिए । सुदूरपश्चिमका अनिलले तीन ओभरमा तीन विकेट लिँदा महŒवपूर्ण योगदान दिए । कप्तान दीपेन्द्रसिंह र हेमन्त धामीको नाममा थप एक विकेट रह्यो । –
प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार