Trending
>>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली


देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा मनोनित केन्द्रिय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गरेका छन् । अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाएका छन् । सरकार बलजफ्ती अघि बढिरहेको उनको भनाइ छ । नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । आवारा शैलीमा प्रहरी अघि बढ्नु राम्रो नभएको उनको तर्क छ ।

अध्यक्ष ओलीले भने, ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ । यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनाँै भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो । अब दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैल्याउने षड्यन्त्र गर्दछन् । कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पूर्जि, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? डे«स नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो की को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको बताउदै सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको जिकिर गरेका छन् । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले भने , ‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन, अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’

अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?