Trending
>>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार

जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् ।

सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिएका छन् । सांसदसमेत रहेका नेता झाले सभापति लामिछानेले जनकपुर आउनेभएपछि तयारी तिब्र पारिएको जानकारी दिएका छन् । उनकाअनुसार लामिछाने आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा छन् । लामीछाने पत्नी निकिता पौडेल लामिछानले खरनादेखि बिहानको अघ्र्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने उनले जानकारी दिएका छन् । लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा सदस्यका आफन्तको घर नभई सामान्य सर्वसाधारण नागरिकको घर रोज्न आग्रह गरेको पनि उनले जानकारी दिएका छन् । राजनीतिक आग्रह र प्रभावबाट मुक्त रहन यस्तो व्यवस्था गर्न खोजिएको उनको भनाइ छ । झाकाअनुसार भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिइने छैन । राजनीतिक कार्यक्रम नराखी सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ । सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ । पार्टीको सदस्यको घरमा होइन कि सामान्य कोही नागरिकको घरमा सरिक हुने र त्यो पार्टीको सदस्य वा पार्टी सदस्यको आफन्त पनि नहोस् किनकि राजनीतिक आग्रहहरू त्यहाँ जोडिन सक्छ भन्ने उहाँको कुरा छ । उहाँको श्रीमतीले विधिवत् रूपमा खरनादेखि बिहानको अर्घसम्म सबै प्रक्रियाहरूमा व्रत बसेर सरिक हुने इच्छा राख्नुभएको छ । र त्यहीअनुसार हामीले तयारी गर्दैछौँ ।’

उनका अनुसार भीडभाड व्यवस्थापनलाई ध्यानमा छठ पुजाको व्यवस्थापन मिलाईएको छ । विगतमा जनकपुरमा विवाहपञ्चमी लगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको, सर्वसाधारणलाई असहज भएको तथा सुरक्षा चुनौती देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको उनले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र साहको जनकपुर भ्रमणबारे भने कुनै औपचारिक जानकारी नआएको बताएका छन् ।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?