जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा हुनुभएको हो । नवलपुर अदालतले बाल
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने
नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका नखोलिएको भन्दै त्यसका निम्ति पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गौतमले राजस्व उठ्ने ठाउँमा
नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा ः कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आकलन गर्नुपर्ने
सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी
नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक