Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट


१० चैत्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेलगायत विषयमा कुराकानी भएको नेता खाणले जानकारी दिए ।

“प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटभयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाणले भने, “सङ्घीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।”

सो अवसरमा उनिहरुबीच मन्त्रिपरिषद् विस्तार बारेसमेत कुराकानी भएको थियो । नेता खाणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन्‌ ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उनिहरुबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको नेता खाणले बताए ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका नेता खाण प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा थिए ।

केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गरेका हुन्‌ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?