Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट


१० चैत्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेलगायत विषयमा कुराकानी भएको नेता खाणले जानकारी दिए ।

“प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटभयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाणले भने, “सङ्घीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।”

सो अवसरमा उनिहरुबीच मन्त्रिपरिषद् विस्तार बारेसमेत कुराकानी भएको थियो । नेता खाणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन्‌ ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उनिहरुबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको नेता खाणले बताए ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका नेता खाण प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा थिए ।

केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गरेका हुन्‌ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?