Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र


८ चैत्र ,काठमाडौँ । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकि थिइन्‌ ।

एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ । “मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु”, अभिनेत्री पन्तले भनिन्‌, “ म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु ।”

यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ । आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन्‌ ।

“बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो”, अभिनेत्री पन्तले भनिन्‌ । बहावको छायाङ्कनमा उनि सुगासँग नजिएकि छन्‌ ।

उनले भनिन्‌, “कार्यशालादेखि नै सुगासँग भए । एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ । यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।”

एकसाताकै अन्तरालमा उनको दुई चलचित्र प्रदर्शन हुँदैछन् । “नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ”, अभिनेत्री पन्तले भनिन्‌ । त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ । अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?