Trending
>>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित)
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि


काठमाडौं ।काठमाडौं महानगरपालिकाले अगामी कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिबल’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फिल्म फेस्टिबलमा विधागत रुपमा विभिन्न १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने बताएका छन् । उनकाअनुसार फिल्म फेस्टिभलका लागि दुई विधामा २७ वटा लघु चलचित्र समेत छनोट भएका छन् । युथ भिडियो च्यालेन्जअन्तर्गत १२ वटा र नेपाल पानोरमाअन्तर्गत १५ वटा चलचित्र छनोट भएको प्रवक्ता मानन्धरले बताए । युथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शिर्षकमा पाँच मिनेटसम्मका भिडियो निर्माण गर्न आह्वान गरिएको थियो । यस विधामा ३५ वटा भिडियो प्राप्त भएकामा १२ वटा छनोट भएका हुन् । त्यस्तै, नेपाल पानोरमाअन्तर्गत खुला वृत्तचित्र, फिक्सन, एनिमेसन तथा प्रयोगात्मक विधाका तीन मिनेटसम्मका भिडियोमध्ये ७५ वटा प्राप्त भएकामा १५ वटा छनोट गरिएको उहाँले जानकारी दिए । उनले युथ भिडियो च्यालेन्जमा उत्कृष्ट हुने पहिलो चलचित्रलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रोलाई एक लाख रुपैयाँ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताएका छन् । उनले नेपाल पानोरमा विधामा छनोट भएका चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने बताएका छन् । प्रवक्ता मानन्धरले फेस्टिभलमा नेपाली पुराना चलचित्रको ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ चलचित्र समेत प्रदर्शन गरिनेछन् । काठमाडौंको मौलिक पहिचान, सम्पदा र रचनात्मक उद्योगको प्रवद्र्धन गर्नुका साथै स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको समेत प्रवक्ता मानन्धरले बताएका छन् ।

काठमाडौं ।काठमाडौं महानगरपालिकाले अगामी कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिबल’ आयोजना गर्ने भएको छ ।

महानगरपालिकाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फिल्म फेस्टिबलमा विधागत रुपमा विभिन्न १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने बताएका छन् ।

उनकाअनुसार फिल्म फेस्टिभलका लागि दुई विधामा २७ वटा लघु चलचित्र समेत छनोट भएका छन् । युथ भिडियो च्यालेन्जअन्तर्गत १२ वटा र नेपाल पानोरमाअन्तर्गत १५ वटा चलचित्र छनोट भएको प्रवक्ता मानन्धरले बताए । युथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शिर्षकमा पाँच मिनेटसम्मका भिडियो निर्माण गर्न आह्वान गरिएको थियो । यस विधामा ३५ वटा भिडियो प्राप्त भएकामा १२ वटा छनोट भएका हुन् । त्यस्तै, नेपाल पानोरमाअन्तर्गत खुला वृत्तचित्र, फिक्सन, एनिमेसन तथा प्रयोगात्मक विधाका तीन मिनेटसम्मका भिडियोमध्ये ७५ वटा प्राप्त भएकामा १५ वटा छनोट गरिएको उहाँले जानकारी दिए । उनले युथ भिडियो च्यालेन्जमा उत्कृष्ट हुने पहिलो चलचित्रलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रोलाई एक लाख रुपैयाँ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताएका छन् । उनले नेपाल पानोरमा विधामा छनोट भएका चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने बताएका छन् । प्रवक्ता मानन्धरले फेस्टिभलमा नेपाली पुराना चलचित्रको ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ चलचित्र समेत प्रदर्शन गरिनेछन् ।

काठमाडौंको मौलिक पहिचान, सम्पदा र रचनात्मक उद्योगको प्रवद्र्धन गर्नुका साथै स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको समेत प्रवक्ता मानन्धरले बताएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?