काठमाडौं।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छिन् ।
चलचित्र महोत्सवको तेस्रो दिन आईतवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उहाँले फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने बताएकी छिन् । उनले महोत्सवमार्फत काठमाडौंका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिन् । जीवन्त र समृद्ध शहर निर्माणका लागि कला, संस्कृति, सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ । डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म फेस्टिभल समेत त्यसैको निरन्तरताको रुपमा लिएको बताएकी छिन् ।
उनले भनिन् , ‘हामीले काठमाडौंका सबै नागरिक, कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धनको लागि फिल्म फेस्टिभल आयोजना गरेका हौँ । यसलाई सफल बनाउनको लागि हामीले जतिसक्दो मेहेनत गरेका छौँ । यो फिल्म महोत्सव कस्तो भयो भन्ने कुरामा सबै कलाकर्मीज्युहरु र नागरिकले मूल्याङ्कन गर्नुभएकै छ होला । कुनै पनि शहर समृद्ध र जीवन्त बन्नको लागि त्यहाँको कला, संस्कृति र सम्पदाहरु जीवन्त हुनुपर्नेछ । सिर्जनात्मक क्षेत्रको विकास हुनुपर्नेछ । र त्यो सिर्जनात्मक क्षेत्रको विकास गर्नको लागि हामीले विभिन्न प्रयासहरु गर्दै आइरहेका छौँ । यसैको निरन्तरताको लागि फिल्म फेस्टिभलमार्फत हामीले नौलो शुरुवात गरेका छौँ भन्ने कुरामा हामी विश्वास गर्छौँ । यसले हाम्रो सिर्जनात्मक क्षेत्रको अभिवृद्धि गर्ने विश्वास पनि लिएका छौँ । यसले पर्यटन क्षेत्रको प्रवद्र्धन सँगसँगै हाम्रो शहरका कथाहरु विश्वमाझ पुर्याउनको लागि यसले मद्दत गर्नेछ । ’
स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्न फिल्म फेस्टिभलको आयोजना गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार